सरोजमानको नयाँ भिडियो सार्वजनिक

बुधबार १८श्रावण २०७४ इटहरी न्युजडेस्क-
गायक सरोजमान सिंहको नयाँ गितको भिडियो सार्वजनिक गरिएको छ। जेम्स प्रधानको संगित र एरेन्ज रहेको गितको भिडियो हालै सार्वजनिक गरिएको हो।

राजधानीस्थित म्युजिक वक्र्समा रेकर्ड गरिएको यो गितका रचनाकार बिरही हुनुहुन्छ।

म्युजिक भिडियो निर्देशक आयसा गौतम बज्राचार्यको कथा (समलिङ्गी युवतीको प्रेम कथा)लाई आधार बनाएर छायांकन गरिएको म्युजिक भिडियो द बज् क्रियशनले निर्माण गरेको हो।

रिकेश बज्राचार्यले छायांकन गर्नुभएको यो म्युजिक भिडियो धरानको बिजयपुर डाँडा, पञ्चकन्या मन्दिर आसपासको क्षेत्र, धरानस्थित हुक्पा चोङ्गबाङ्ग रेष्टुरेन्टमा छायांकन गरिएको छ।

म्युजिक भिडियोमा अजेश पौडेल, रुबिना गहतराज र अस्मिता गहतराजले अभिनय गर्नुभएको छ।

हेर्नुहोस म्युजिक भिडियो :-

१८ श्रावण २०७४, बुधबार ०३:०२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु