एम्स एकेडेमीको क्रिएटिभ ग्रुप

शुक्रबार २० श्रावण २०७४ धरान धिरेन लिम्बु-

धरान १२ चतरालाइन स्थित एम्स एकेडेमीले एम्स क्रिएटिभ ग्रुप गठन गरेको छ। एम्स क्रिएटिभ ग्रुपको अध्यक्षमा जोसन राई चयन भएका छन। बिगत बर्षमा जस्तै गठित क्रियटिभ ग्रुपको कार्यकारी उपाध्यक्ष्ँमा रञ्जना राई चुनिएकी छन।

यस्तै उपाध्यक्षद्वयमा प्रेम बराइली र समिक्षा राई, महासचिबमा सञ्जु कार्की, सचिबमा ललित श्रेष्ठ, सह सचिबमा म्याक्स राई, कोषाध्यक्षमा हेमकला राई, छानिएका छन।

यस्तै आइटी अफिसर सनम भुजेल, कानुनी सल्लाहकार ज्ञानु दर्नाल, सदस्यहरु बेबिना राई र सन्ध्या ढकाल रहेकाछन्।

एम्स क्रिएटिभ ग्रुपले बिभिन्न सामाजीक कार्यहरु गर्नुका साथै कलेज र समाजको चौतर्फी बिकासमा लाग्ने अध्यक्ष जोसन राईले बताएका छन। एम्स क्रिएटिभ ग्रुपको प्रत्येक कार्यमा कलेजले सहयोग गर्ने कोअर्डीनेटर अर्जुन घिमिरेले बताउनुभयो।

२० श्रावण २०७४, शुक्रबार ११:३२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु