इटहरी घुमाउने म्युजिक भिडियो

सोमबार २३ श्रावण २०७४ इटहरी न्युजडेस्क-
सुनसरीको इटहरीको पर्यटन प्रवर्धनलाई टेवा पुर्‍याउने उदेश्यका साथ म्युजिक भिडियो निर्माण गरिएको छ। आउन माया इटहरी जाउँ बोलको गितको म्युजिक भिडियो तयार गरिएको हो।

राधा सुवेदीको स्वर,शब्द र संगितमा तयार पारिएको गित लाई पुर्वाञ्चल म्युजिकको युट्युवबाट सार्वजनिक गरिएको हो।

इटहरीका बिभिन्न रमणीय स्थलहरुका दृष्य कैद गरिएको भिडियोलाई सुमन योञ्जनले छायांकन गरेका हुन भने हेमन योञ्जनले सम्पादन गरेका छन।

पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यो गितको भिडियोमा सुलव खतिवडाले नृत्य निर्देशन गरेका छन भने अर्जुन क्षेत्रीले भिडियोको निर्देशन गरेका छन।

हेर्नुहोस भिडियो :-

२३ श्रावण २०७४, सोमबार ०२:४३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु