श्रोता/दर्शकलाई भरत सुनारको आई लभ यु

सोमबार २३ श्रावण २०७४ इटहरी न्युजडेस्क-
गायक भरत सुनारको लभ यु एल्वममा समावेश गरिएको गित आई लभ यु सार्वजनिक गरिएको छ।

भरत सुनार आँफैको शब्द तथा संगितमा तयार गितमा चर्चित गायिका मेलिना राईले सुनारलाई साथ दिएकी छन। टेकेन्द्र याक्सोले एरेन्ज गरेको सो गितको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन।

ओ प्लस ९ स्टुडियोमा रेकर्ड गरिएको गिको भिडियोमा प्रबिन बिक र कृष्टिना थापाले अभिनय गरेका छन। टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोलाई बिशाल नेपालीले निर्देशन गरेका हुन।

काठमाण्डौका बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको सो गित निकै राम्रो बनेको गायक सुनारले पूर्वी खबरलाई बताएका छन।

हेर्नुहोस भिडियो :-

२३ श्रावण २०७४, सोमबार ०४:०७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु