श्रावण २७ गतेदेखी संरक्षण प्रदर्शन हुने

सोमबार २३ श्रावण २०७४ इटहरी न्युजडेस्क-
नेपाली चलचित्र संरक्षण श्रावण २७ गते देशभर प्रदर्शन हुने भएको छ। जनआन्दोलन २०६२/०६३पछिको देशको सामाजिक, राजनितिक अवस्थाको पृष्ठभुमीमा चलचित्र निर्माण भएको हो।

पुर्णेन्दु प्रोडक्सन, द्वारिका उदय प्रोडक्सन,श्रीबास्तव फिल्मस तथा हेटौँडा भुमि मेकर्स टिमको ब्यानरमा निर्माण गरिएको चलचित्र पाँचवटा पि(पुलिस, प्रेश, पब्लिक, पावर र पोलिटिक्स)मा कथा घुमेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, रमेशरञ्जन झा, मलिना जोशी, आशिश्मा नकर्मी, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, कृष्ण सिंह, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह, नन्दु श्रीवास्तब, निर्देश श्रीवास्तव, राज कटुवाल, सुशान्त श्रेष्ठको अभिनय हेर्न सकिन्छ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन। हिमाल केसीको द्वन्द, कबिराज गहतराजको कोरियोग्राफि, प्रभेश मलिकको संगित सुन्न सकिन्छ।

२३ श्रावण २०७४, सोमबार ०९:२८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु