इटहरीमा एकसाथ तीनवटा एल्वम सार्वजनिक गरिने

बुधबार २५ श्रावण २०७४ इटहरी न्युजडेस्क-
गायिका अञ्जु/ गंगा गौतमको तिज गितको अडियो एल्बम बिहिबार सार्वजनिक गरिने भएको छ। गौतमद्वयको एल्बमको गायिका कुन्ति मोक्तानले सार्वजनिक गर्नुहुने भएको हो।

इटहरीमा गायिकाद्वयले मंगलबार पत्रकार सम्मेलनगरी कार्यक्रमबारे जानकारी गराउनु भएको हो।

गायिका गंगा गौतमले यसअघिका बिभिन्न कार्यक्रमहरुमा इटहरीका सञ्चारमाध्यमहरुले सक्दोे सहयोग गरेको बताउँदै धन्यवाद समेत दिनुभयो ।

२६गते (भोली)बिहिबार सार्वजनिक गरिने एल्बममा गंगा गौतमको माईतीको देश र अञ्जु गौतमको माइतीको आगन छन्।

यसैबीच इटहरीस्थित नमस्ते एफएममा कार्यरत सञ्चारकर्मी एवं गायिका चन्दा खड्काको तेश्रो एल्वम तिजको लहर पनि सार्वजनिक गरिने भएको छ।

पत्रकार सम्मेलनमा गायिका गंगा अञ्जु गौतमले कार्यक्रमलाई कस्तो बनाउने भन्ने बिषयमा पत्रकारहरुसँग सल्लाह समेत लिनु भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close