इटहरीमा एकसाथ तीनवटा गिती एल्वम सार्वजनिक

बिहिबार २६ श्रावण २०७४ इटहरी न्युजडेस्क-
चर्चित गायिका कुन्ती मोक्तानले इटहरीमा एकसाथ तीनवटा गिती एल्वम सार्वजनिक गनुभएको हो। मोक्तानले गायिकात्रय अञ्जु गौतम, गंगा गौतम र गायिका एवं सञ्चारकर्मी चन्दा खड्काको गिती एल्वम सार्वजनिक गर्नुभएको हो।

धरानलाईनस्थित जयनेपाल होटल अगाडी गरिएको कार्यक्रममा मोक्तानले गंगा गौतमको माइतीको देश, अञ्जु गौतमको माईतीको आँगन र चन्दा खड्काको तीजको लहर सार्वजनिक गर्नुभएको हो।

कार्यक्रमलाई झरीले साथ नदिएपनि दर्शक श्रोताको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्ति एवं संगितक्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती थियो।

कार्यक्रमलाई चर्चित प्रस्तोता एवं बिद्यार्थी नेता जिवी गजल अनि गायिका एवं सञ्चारकर्मी चन्दा खड्काले सञ्चालन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close