बिराटनगरका सडकमा सडक बत्ति जडान शुरु

शुक्रबार २७ श्रावण २०७४इटहरी न्युजडेस्क-
बिराटनगर महानगरपालिकाले नगरका बिजुली पोलहरुमा नयाँ बत्ति जडान सुरु गरेको छ। सडक बत्ति नहुँदा रातको समयमा सडक दुर्घटनाको जोखिम बढेपछि महानगरपालिकाले बत्ति जडानलाई तिव्रता दिएको हो।

महानगरपालिकाले पाँच-पाँच लाख गरी दुइ चरणमा १० लाख बराबरको सडक बत्ति खरीद गरेको बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले जानकारी दिनुभयो। नगरका बिभिन्न वडाहरुलाइ तीन हजार सडक बत्ति वितरण गरिसकेको महानगरपालिकाले जनाएको छ।

लामो समय देखि सडक बत्तिहरु परिवर्तन नगरेका कारण धेरै बत्तिहरु नबल्ने अवस्थामा पुगेका छन्। जसले गर्दा तीन हजार बत्तिले मात्रै नपुग्ने हुँदा थप बत्ति खरीदका लागि ठेक्का प्रक्रियामा रहेको महानगरपालिकाले जनाएको छ। असोजसम्ममा ठेक्का प्रक्रियाद्वारा थप नयाँ बत्तिहरु खरीद गरीसक्ने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close