बडिमालिका नगरपालिका ७ को बैठकले गर्‍यो यस्ता निर्णय

शुक्रबार २७ श्रावण २०७४ बाजुरा लक्ष्मीराज पाध्याय-

बाजुराको बडिमालिका नगरपालिका वडा न ७ को शुुक्रबार बसेको वडा कार्य समितिको बैठकले महत्वपुर्ण निर्णय गरेको छ। बडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा बसेको पहिलो बैठकले यस्तो निणर्य गरेका हो।

बडीमालिका नगरपालिका वडा नम्बर ७ को पहिलो बैठकले सहज तथा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरि वडा अध्यक्ष तथा सदस्यमा निर्वाचित गर्नुहुने सम्पुर्ण वडा बासीलाई धन्यवाद ज्ञापन गरेको छ।

यस्तै नगर कार्यपालिकाबाट वडाका बस्ति टाढाभई बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन असहज भएकाले वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नगरकार्यपालिकालाई अनुरोध गर्ने पनि निर्णय गरेको छ।

यस्तै ७ नम्बर वडाका अधिकांस घरहरु पहिरोको उच्च जोखिममा रहेकाले यस्को व्यबस्थापनका लागि नगरपालिका तथा सम्बन्धित निकायलाई अनुरोध गर्नुको साथै यसको दीर्घकालिन समाधन गर्न एक घर २ बिरुवा वृक्षारोपण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठक बसेको दिनदेखि अभियानको जेष्ठ सदस्य पर्या जैशि र धनलाल पाध्यायको घरमा वृक्षारोपण गरेर शुरु गरिएको छ। यसैगरी वडाका अधिकांस भुभागमा टेलिफोन टावरले काम नगर्ने भएकोमा सबै क्षेत्रमा टेलिफोन सेवा बिस्तारका लागि नगरपालिका मार्फत नेपाल टेलिकम शाखा बाजुरालाई अनुरोध गर्ने निर्णय गरिएको छ।

बडिमालिका नगरपालिकामा ९ वटा वडा मध्य वडा न ७ ले बैठकको सुरुवाती गरी आफ्ना कार्य सञ्चालनमा तिर्वता दिएको ७ न वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो।

वडा न ७ बाट सकरात्मक सोच सहित वडाको बिकासका लागी सबै सदस्य सकरात्मक हुनका साथै सुन्दर र हरियाली वडा बनाउन र वडाको अन्य बिकासका लागी वडापालिकाका सदस्यले एक मत भएर सिंहदरवारको अधिकार वडापाट नै दुस्त तुरुस्त गर्ने बाचा सहित आजदेखी लाग्ने वडा सदस्य धनलाल पाध्यायले बताउनुभयो।

वडाका मतदाताले आँफुहरुलाई जिताईसकेपछी वडाका हरेक नागरिकलाई सर्भसुलभ सेवा दिनेमा वडा न ७ का पदाधीकारी सकारात्मक रहेको अध्यक्ष पाध्यायले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close