बाढीका कारण झापाबासी सास्ती भोग्दै

शुक्रबार २७ श्रावण २०७४ इटहरी न्युजडेस्क-

दुईदिन देखिको अबिरल बर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ। बर्षाका कारण झापाका नदी आसपासका घरपरिवारलाई उच्च सतर्कता अपाउन नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद् व्यवस्थापन शाखाले आग्रह गरेको छ। झापामा एक हजार घरपरिवार उच्च जोखिममा रहेको जनाइएको छ।

झापाको कन्काई, मेची, बिरिङ्ग, कमल, निन्दा, रतुवा, देउनीया, हडिया लगायतको नदीमा पानीको बहाव उच्च रहेको छ। झापामा अहिले सम्म ९ घरपरिवार बाढीले बिस्थापित भएको जिल्ला बिपद व्यवस्थापन समितिले झापाले जनाएको छ। झापा गाउँपालिका वडा ७ र खजुरगाछी गाउपालिका साविक कोरोबारी ५ का ९ घरपरिवारलाई सुरक्षित ठाउँतर्फ सारिएको छ।

त्यस्तै भद्रपुर ३ स्थित भैसाबाडीमा २८० घरपरिवार डुवानमा परेका छन। भद्रपुर ५ स्थित मेचीकिनारमा ४० बढी घरमा पानी पसेको जनाइएको छ। बिहान ५बजे मेचीको पानी बढेपछि भैसावाडी र मेचीकिनारका घर डुवानमा परेको स्थानीयले बताएका छन।

त्यस्तै मेचीनगर नगरपालिका– १५ स्थित सेडाइ बस्तीमा निन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५घरपरिवार जोखिममा परेका छन। त्यसैगरी शिवसताक्षी नगरपालिका ६ स्थित कन्काईले बाँध भत्काएकोले नदी आसपासका घरपरिवार बिस्थापित हुने अवस्थामा पुगेको जनाइएको छ। नदीले खेतीयोग्य जमिन कटान समेत गरिरहेको छ।

हालसम्म झापामा कुनै मानवीय क्षति नभएपनि नदी किनार आसपासका घरपरिवार उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका
सभापति लोकराज ढकालले जानकारी दिनुभयो।  बर्षाले जिल्लाका बिभिन्न नदी/खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पस्न थालेकोले सर्तक अपाउन सबैलाई आग्रह गरिसकेको उहाँले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close