बाढीका पूर्वको जनजीवन प्रभाबित,इटहरीमा दुईको मृत्यु एक बेपत्ता

शनिबार २८श्रावण २०७४ इटहरी न्युजडेस्क-
अबिरल पानीका कारण पूको जनजीवन प्रभाबित भएको छ। स्थानीय खहरे खोलाहरुमा आएको बाढीका कारण सुसरी मोरङ्ग लगायतको जनजीवन प्रभाबित भएको हो।

सुनसरीको इटहरीस्थित बुढी खोला बस्तीतिर पसेर बगाउँदा इटहरी ९स्थित सुकुम्बासी बस्तीका दुईजनाको मृत्यु भएको छ। नाम थर नखुलेका दुईजना महिलाको ज्यान गएको हो। यस्तै एकजना ८महिने शिशु बेपत्ता भएको स्थानीयले बताएका छन।

बाढीका कारण स्थानीय डिभिएम स्कुलमा समेत क्षती पुगेको छ। यस्तै बुढी खोला आसपासका घरहरुमा क्षती पुगेको छ।

उता मोरङ्गको केराबारीस्थित खदम खोला गाउँमा पस्दा स्थानीयको बिचल्ली भएको छ। गएराती ११बजेतिर स्थानीय खदम खोलाले धार परिवर्तन गरेर गाउँपस्दा केराबारी ७को मुगु, डाँगी यस्तै केराबारी ६को आहाले डाँगी ड’वानमा परेको छ।

बाढीका कारण स्थानीय सार्वजनिक माबिका साथै स्थानीयबासीका केहि घरमा समेत क्षती पुगेको छ।

यसैबीच इटहरीका बिभिन्न वडाहरुमा बाढी पसेपछि स्थानीय त्रसित बनेका छन। स्थानीय टेंग्रा खोलमा आएको बाढी बस्ती तर्फ छिरेपछि राजमार्ग दक्षिणका अधिकांस घरघरमा बाढी पसेको हो। नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली इटहरीका बिभिन्न ठाउँमा पुगेर उद्धार कार्य जारी राखेको छ।

नेपाल टेलिकमको मोवाईल सेवा समेत अबरुद्ध बनेको छ। बुढि खोलाको बाढीले स्थानीय गैरी गाउँका घरहरु समेत बगाएको छ।
यस्तै सुनसरीको रामधुनि नगरपालिका, इनरुवा मोरङ र झापाका बिभिन्न ठाउँहरु पनि जलमग्न बनेका छन।

२८ श्रावण २०७४, शनिबार ०२:४५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु