बाढी पिडितलाई राहत बितरणको क्रम जारी

बिहिबार १भाद्र २०७४ इटहरी न्युजडेस्क-

बाढीले क्षती पुर्‍याएका बस्तिहरुमा बिभिन्न संघ सँस्था एवं ब्यक्तिहरुले उद्वार,राहत बितरण एवं पुननिर्माणलाई तिब्रता दिएका छन। बाढी प्रभाबित क्षेत्रहरुमा पुगेर उनिहरुले सो कामलाई तिब्रता दिएका हुन।

यसैक्रममा मोरङ्गको केराबारी गाउँपालिका ६ र ७ का बाढी पिडितहरुलाई पहिलो चरणको राहत बितरण गरिसकेको र आज दोश्रो चरणको राहत बितरण गर्ने केराबारी गाउँपालिका वडा नम्बर ७ का बडाध्यक्ष नारायण चेम्जोङ्गले पूर्वी खबरलाई जानकारी दिनुभयो।

उहाँले बाढीबाट पूर्ण क्षती भएका र आंशिक क्षती भएकाहरुलाई दुईप्रकारको राहत उपलब्ध गराएको बताउनुभयो। उहाँले वडा नम्बर ७मा मात्र १२वटा घरमा पूर्ण पुगेको भन्दै ती मध्यका २वटा घरको अस्तित्वनै नभेटिएको बताउनुभयो।

यसैबीच स्थानीय मुगु खोलामा आएको बाढीले क्षती पुर्‍याएको केराबारी ६ र ७ मा राहत एवं पुन निर्माणमा सहयोग पुर्‍याउन स्थापित सेभ द डाँगी ग्रुपमा रकम जम्मा गर्ने क्रममा तिब्रता दिईएको छ।

हालसम्म ग्रुपमा केराबारी ७ घर भई अमेरिकामा बसोबास गर्ने लिलाराज ढुंगानाले २०० अमेरिकी डलरप्रदान गर्नुभएको छ। यस्तै केराबारी ७ कै गणेश चिना मगरले एकहजार १ हङ्गकङ्ग डलर, केराबारी मच्छिन्द्र चौक घर भई हाल हङ्गकङ्गमा बस्ने बासु मिरिङ्गचिङ्ग मगरले १५सय हङ्गकङ्ग डलर, यस्तै केराबारी ७मा जन्मिएर बिराटनगरमा स्थायी घर भएका हाल अष्ट्रेलिया बस्दै गरेका सुमन अधिकारीले १सय डलर सहयोग गर्नुभएको छ।

यसैगरी केराबारी ७घर भई हङ्गकङ्गमा बस्ने शिशिर पूर्वछाने मगरले १ हजार १ हङ्गकङ्ग डलर, कृतिका मगरले ५सय हङ्गकङ्ग डलर, केराबारी ७ कि कबिता थापाले २हजार ८सय ५रुपैया सहयोग गर्नुभएको छ। यस्तै केराबारी ६ याङ्गशिला सतिसाले घर भई हङ्गकङ्ग बस्ने अस्मिता हुक्पाचोङ्गबाङ्ग लिम्बुले ३सय हङ्गकङ्ग डलर, केराबारी ८आमजुङी घर भई काठमाण्डौ बस्ने पदम थिङ्गले २हजार रुपैँया, केराबारी ६घर भई काठमाण्डौ बस्ने धनबहादुर भण्डारीले पाँचहजार रुपैँया सहयोग गर्नुभएको छ। यस्तै केराबारी १०घर भई हङ्गकङ्गमा बस्ने साईमन चेम्जोङ्गले २सय हङ्गकङ्ग डलर सहयोग गर्नुभएको छ।

अन्यदाताहरुको नामावली प्राप्त भएपछि क्रमश प्रकाशित गरिनेछ। (सम्पादक)

१ भाद्र २०७४, बिहीबार ०२:५० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु