सप्तरी, सिरहामा प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

बिहिबार १भाद्र २०७४ इटहरी न्युजडेस्क-
नेपाल प्रहरीले सप्तरी र सिरहाका बाढी पिडितहरुका लागी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट खटिएका चिकित्सकहरुको टोली तथा पूर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनीको संयुक्त आयोजनामा बुधबार शिविर सञ्चालन गरिएको हो।

शिविरमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ र ५ तथा सिरहा कल्याणपुर नगरपालिका ३ ईटारी प्रसाही र कर्जन्हा गाउँपालिका ६ का ३६० जना महिला, पुरुष तथा बालबालिकाको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी बितरण गरिएको नेपाल प्रहरीले जनाएको छ।

टोलीले बिस्थापितहरुलाई प्रकोप पश्चात हुनसक्ने महामारीबाट के कसरी बच्न सकिन्छ भन्ने बारेमा समेत परामर्श दिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close