बास्केटवल खेलाडीको बिदाई

बिहिबार १ भाद्र २०७४ इटहरी न्युजडेस्क-
थ्रि अन थ्रि राष्ट्रिय बास्केटवल प्रतियोगितामा सहभागि हुन जाने सुनसरीका खेलाडि तथा प्रशिक्षकहरुलाई बिदाई गरिएको छ। ललितपुर बास्केटवल संघको आयोजना तथा नेपाल बास्केटवल संघको सहकार्यमा काठमाण्डौमा हुन लागेको प्रतियोगितामा सहभागीहुनेहरुलाई जिल्ला बास्केटवल संघ सुनसरीले बिहिवार बिदाई गरेको हो।

२१ र २२ गते चल्ने प्रतियोगितामा एक महिला र एक पुरुष गरि दुई टिमले सुनसरीको तर्फबाट प्रतियोगितामा सहभागिता जनाउने छन । पूर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङ्ग राईको नेतृत्वमा पुरुष तर्फ हेमन्त राई, उज्वल राई, रवि वास्फोर र बिवेकमनि श्रेष्ठ त्यस्तैगरी महिला तर्फ प्रियादर्शिका राई, जानुका राई, आस्था राई, प्रनिसा ओझा र सहायक प्रशिक्षकमा युगल लिम्वु छन।

आइडल स्कुलमा कक्षा १०मा अध्यनरत महिला तर्फको खेलाडि आस्था राई र प्रनिसा ओझा सुनसरी बास्केटवल संघले सञ्चालन गरिरहेको समर बास्केटवल ट्रेनिङ्ग क्याम्पका बिद्यार्थी रहेको प्रशिक्षक विकास चाम्लिङ्गले जानकारी गराउनुभयो। उनिहरुले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको उहाँले बताउनुभयो।

नयाँ खेलाडी उत्पादन गर्न पनि अनुभवका लागि क्याम्पका उत्कृट दुईलाई अवसर दिइएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले बताउनुभयो।

धरान १८ स्थित डिपो स्कुलमा आयोजित बिदाई कार्यक्रममा नेपाल बास्केटवल संघका उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, डिपो क्याम्पस प्रमुख राजकुमार राई, बिग इभेन्ट नेपाल सचिव दिपेन्द्र निरौला र बिग इभेन्ट नेपाल निर्देशक प्रेम शाक्यले खादा र टिका लाएर बिदाइ गरेका छन।

उपाध्यक्ष सुरज लामा, जिल्ला अध्यक्ष नारायण सुवेदी लगायतले काठमाण्डौ जाने महिला तथा पुरुष दुवै बास्केटवल टिमलाई मन्तव्यका क्रममा सुभकामना दिएका थिए।

१ भाद्र २०७४, बिहीबार ०७:२० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु