बिग इभेन्टको मिस प्लस टु अडिसन

बिहिबार १ भाद्र २०७४ धरान सम्बाददाता-
बिग इभेन्ट नेपालको आयोजनामा हुने मिस प्लस टु २०७४को अडिसन सम्पन्न भएको छ। सोमवार धरानमा सम्पन्न अडिसनबाट २०जना प्रतियोगी किशोरीहरुको छनौट गरिएको हो।

आयोजक बिग इभेन्ट नेपालका निर्देशक तथा कार्यक्रमका संयोजक द्रोपध्वज राईले धरान अडिसन धरान ९ स्थित हान्कुक साराङ्ग कोरियन रेष्टुरेन्टमा गरिएको जानकारी दिनुभयो।

धरान अडिसनबाट २८ जना छनौट गरिएको छ भने धरान बाहिर गरिएको अडिसनबाट ५जना गरी अहिले सम्म ३३जना छनौट गरिसकेको बिग इभेन्ट नेपालका सचिव दिपेन्द्र निरौलाले जानकारी दिनुभयो। निरौलाले यसअघि धरान बाहिर पाँचथर, झापा, मोरङ्ग, धनकुटा, उदयपुर र खोटाङ्गमा अडिसन भएको जानकारी दिनुभयो।

अडिसनमा इभेन्टका संयोजक तथा किरात राई यायोक्खा केन्द्रिय सदस्य द्रोपध्वज राई, नेपाल बास्केटवल संघका उपाध्यक्ष तथा नेपाल तामाङ्ग घेदुङ्ग संघ सुनसरीका अध्यक्ष सुरजकुमार लामा, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद रोहित राई, डिजे ललित र मोडल तथा पुर्व मिस एसएलसी रिया बजाज निर्णायक थिए।

अडिसनमा कक्षा ११ र १२मा अध्यनरत तथा कक्षा १२ को परिक्षा दिएर बसेका १६ बर्ष देखि २२बर्ष सम्मका किशोरीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ।

छनौट भएकाहरुलाई यहि भदौ ५ गते देखि तिन हप्ता सम्म बिभिन्न बिद्यामा प्रशिक्षण दिएर उनिहरुको ब्यक्तित्व बिकास गराइने इभेन्टका निर्देशक तथा प्रचारप्रसार प्रमुख बिकास चाम्लिङ राइले जानकारी दिनुभयो।

प्रतियोगिताका उपाधि बिजेताले नगद ४४हजार ४ सय ४४ रुपैया, ट्रफिसंगै स्नातक तहमा छात्रवृत्ती र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन। यस्तै फस्ट रनर अपले नगद २२ हजार २ सय २२ र सेकेन्ड रनरअपले ११ हजार १ सय ११ रुपैया र छात्रवृत्त पाउनेछन। यस बाहेक सहभागिहरुले मिस भ्युअर च्वइस, मिस फ्रेन्डसिप, मिस ट्यालेन्ट, मिस वेस्ट क्याटवाक, मिस फोटोजनिक, मिस डिसिप्लिन, मिस ब्युटिफुल, मिस एक्टिभ टाइटलको उपाधि प्राप्त गर्ने आयोजकले जनाएको छ।

तस्विरः बिकास चाम्लिङ राई

-हेर्नुहोस् केहि तस्विर –

१ भाद्र २०७४, बिहीबार १०:४३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु