बिराटनगर बिमानस्थल सुचारु

शनिबार ०३ भाद्र २०७४ इटहरी न्युजडेस्क-
अविरल बर्षासँगै आएको बाढीका कारण अबरुद्ध भएको बिराटनगर बिमानस्थल शनिबार(आजदेखि) शुरु भएको छ। सौर्य एअरले उडान भरेसँगै बिमानस्थल शुचारु भएको हो।

बर्षासँगै आएको बाढीले बिराटनगर बिमानस्थलमा एक फिट हिलो जम्मा भएको थियो। काठमाडौंबाट आएको सेनाको स्पेशल टाक्स फोर्स, इटहरी, हिले र बिराटनगर बिमानस्थलमा रहेको सेनाको टोलीले रनवेमा बाढीले बगाएर ल्याएको लेदो सफा गरेपछि बिमानस्थल सुचारु भएको हो।

मोरङको बूढीगंगा गाउँपालिकास्थित केसलिया खोलाले सिंचाईको बाँध भत्काएर बिराटनगरमा छिरेको पानीले बिमानस्थल पनि जलमग्न भएको थियो। पानी र हिलोका कारण बिमानस्थलको रनवे, ट्याक्सीवे, टर्मिनल भवन र सुरक्षा निकायको ब्यारेकमा तीनदेखि चार फिटसम्म पानी जमेको थियो।

काठमाडौंपछि जहाज बढी उडान र अवतरण हुने बिराटनगर बिमानस्थल बाढीका कारण भएको अवरोध हटेसँगै हवाई आवागमनमा सहज भएको छ।

३ भाद्र २०७४, शनिबार १२:२२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु