प्रदेश र केन्द्रीय संसदको निर्वाचन मंसिर १०मा

सोमबार ०५भाद्र २०७४ इटहरी न्युजडेस्क-
सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरि मंसिर १०गतेको मिति तोकेको हो।

निर्णयबारे निर्वाचन आयोगलाई लेखि पठाउने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो। निर्वाचन एकै चरणमा गर्ने वा दुई चरणमा गर्ने भन्ने बारे निर्वाचन आयोगले नै टुंगो लगाउने उहाँले जानकारी दिनुभयो।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एजेण्डा पनि तय गरेको छ। भ्रमणका क्रममा पुराना संन्धि सम्झौतालाई पुनरावलोकन गर्ने, लक्ष्मणपुर बाँध, कोशी बाँध लगायत बिभिन्न बाँधबाट पुगेको क्षति नोक्सानीका बारेमा छलफल गरिने बताईएको छ।

त्यसैगरी कोशी बाँध बनाउने समयमा भारत सरकारले दिने भनिएको भारतीय रुपैया ५० करोड अहिलेसम्म उपलब्ध नगराईएको बारेमा कुरा उठाईने भएको छ। भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देशिय आयोजनाको बारेमा छलफल हुनुको साथै सन् १९५० को सन्धिका असर र प्रभाव लगायत विषय भ्रमणका क्रममा प्राथमिकतामा राखिने छ।

त्यसैगरी पुर्ननिर्माण प्राधिकरणलाई भारतले दिने भनेको रकम अहिलेसम्म उपलब्ध नगराएकाले अबिलम्ब उपलब्ध गराउन पनि भारतको ध्यानाकर्षण गराईने भएको छ। प्रधानमन्त्री देउवाले बुधबार भारतको औपचारीक भ्रमण गर्ने कार्यक्रम छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close