बाढीपिडितलाई नेबिसंघ एक नम्बर प्रदेशको राहत

बुधबार ०७ भाद्र २०७४ इटहरी न्युजडेस्क-
नेपाल बिद्यार्थीसंघ एक नम्बर प्रदेश कमिटीले बिभिन्न क्षेत्रमा पुगेर बाढिपिडितलाई राहात बितरण गरेको छ। ने.बि.संघ एक नम्बर प्रदेशले सुनसरी, मोरङको बिभिन्न क्षेत्रमा चार सय घर परिवारलाई राहत बितरण गरेको हो।

इटहरी १० को बाडी प्रभाबित नयाँ बस्तिमा १ सय घर, इटहरी १२को खनारमा तीस घर, इटहरीकै जनता बस्तिका पच्चीस घर, गैरी गाउँका १ सय पचास घर, मोरङको केराबारीका पन्ध्र घर, धरान ५का ५ घर, धरान १६को १ घर र पकलिको एक घर परिवारलाई राहत बितरण गरेको नेबिसंघका केन्द्रिय सदस्य चन्द्रसुन्दर खेवाङ्गले जानकारी दिनुभयो।

पिडितहरुको अवस्था हेरेर खाना पकाउने भाँडा,थाल, गिलास, लत्ताकपडा, २५ केजिको एक बोरा चामल, चिनी, नुन, १००वटा पाल, हरेक परिवारलाई बीस लिटरको बाल्टी, ओछ्याउने डसना, तन्ना, र ब्ल्यांकेट बितरण गरेको खेवाङ्गले बताउनुभयो।

नेबिसंघको इटहरीस्थित जनता बहुमुखी क्याम्पस इकाई समिती, धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको इकाई समिती, नेपाल महिला संघ इटहरी, काठमाडौको टोखा नगरपालिकामा उपमेयरकी प्रत्यासी रजनी थापा, नेबिसंघ ताप्लेजुङ्ग जिल्ला कमिटी र ने.बि.संघ इलामबाट प्राप्त दसलाख रुपैँया बराबरको राहत बितरण गरिएको केन्द्रीय सदस्य खेबाङ्गले पुर्बी खबरलाई जानकारी दिनुभयो।

खेवाङ्गले अझै राहात संकलन जारी रहेको र बाँकी बाढी प्रभाबित क्षेत्रमा ने.बि.संघ पुग्ने जानकारी दिनुभयो। खेबाङ्गले ने.बि.संघ शिक्षा क्षेत्रमा मात्र नभई जनतालाई परेको आपत बिपतमा पनि सदैब यसरीनै लागि पर्दै आएको र लागिरहने पनि बताउनुभयो। खेवाङले राहत संकलनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै १००बोरा चामल सहयोग गर्ने इटहरी महिला नगर समितीलाई बिशेष धन्यबाद दिनुभयो।

राहत बितरणमा सहभागी बिद्यार्थी नेता

राहत बितरणमा कार्यक्रम नेबिसंघका उपाध्यक्ष बिकाश केसिको संयोजकत्व एवं सहमहामन्त्री कृष्ण कार्की, केन्द्रिय सदस्यहरु चन्द्रसुन्दर खेबाङ्ग, तिर्थराज राई, सागर प्रसाईं, प्रेमिका राना मगर, ममता राई, ताप्लेजुङ सभापती डम्मर लिम्बू हाङ्गाम, इलाम कार्यबाहक सभापती प्रकाश भट्टराई, महेन्द्र क्याम्पस इकाई अध्यक्ष टकेन्द्र राई, उपसभापती बिमल बुढाथोकी, स्वबियु सचिब दोर्ची शेर्पा, सहसचिब समराज खडका, सदस्यहरु रोशन चोङ्बाङ्ग लिम्बू, कुन्दन अधिकारी, ताप्लेजुङ क्यापस सभापती अशोक लिम्बू, जिल्ला सचिब ज्ञानु घिमिरे, जनता बहुमुखी क्याम्पस इकाई सभापती बिनय बाह्राकोटी, स्वबियु सभापती प्रत्यासी प्रमोद भट्टराई, सचिब बिणोद कोइराला, इकाई सचिब सहदेब काफ्ले, केशब न्यौपाने, सुनसरी उपसभापती बुद्द हाङ्ग लिम्बू, योगेन राई, सचिब मन्दिप भट्टराई, कोषाध्यक्ष बिक्रम घिमिरे, महाधिवेशन प्रतिनिधि सुभेक्षक देवानलगायत बिभिन्न जिल्लास्थित क्याम्पसका ने.बि.संघ इकाईका नेताको उपस्थिति थियो।

७ भाद्र २०७४, बुधबार ०४:०६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु