मुगुखोला नियन्त्रणकालागि जुटे स्थानीय

बुधबार ०७ भाद्र २०७४ इटहरी न्युजडेस्क-
मोरङ्गको केराबारीमा सञ्चालित सेभ द डाँगी अभियानमा करिव सवा तीनलाख रुपैँया संकलन भएको छ। स्थानीय मुगुखोलामा आएको बाढी पसेर केराबारीको वडा नम्बर ६ र ७ मा क्षति भएपछि आगामी दिनमा क्षती हुन नदिन स्थानीय यूवाको सकृयतामा रकम संकलन शुरु गरिएको हो।

केराबारी ६ अमृत चौक निवासी गणेश मगरले दिएको जानकारी अनुसार अमेरिका, दक्षिण कोरिया, साउदि अरवलगायतका देशमा बसोबास गर्ने नेपालीले सो सहयोग गरेका हुन।

अभियानका अमेरिकामा बसोबास गर्ने केराबारी ७ घर भएका लिलाराज ढुंगानाले २००अमेरिकी डलर, पशुपति घिमिरेले १५०डलर, रोशन घिमिरेले १००डलर अनि हिमाल तुम्बाहाम्फे ले १००डलर सहयोग गरेका छन।

यस्तै दक्षिण कोरिया बस्ने केराबारीबासीहरु केराबारी ६का छेछङ तामां,सुमन तामां, जीवन रसाईली, केदार सिंजाली मगर, काँकमणी तामां, खड्ग तामां,सुदिप थापा मगर र बिशाल योञ्जनले एक/एकलाख कोरियन वन सहयोग गरेका छन। यसैगरी फणिन्द्र भुजेल, रोशन बिश्वकर्मा, लक्ष्मण बस्नेत, बबिन गजमेर, धनबहादुर पुलामी मगर, बिनोद मोक्तानले पचास/पचासहजार कोरियन वन सहयोग गरेका छन।

यसैगरी हङ्गकङ्गबस्ने केराबारी १०का बासु मिरिङ्गचिङ्ग मगरले १हजार पाँचसय हङ्गकङ्गडलर, केराबारी ७ का शिशिर पूर्वछाने मगर, गणेश पूर्वछाने मगर, योगेश मिरिङ्गचिङ्ग मगर र केराबारी ६बस्ने गजेन्द्र भण्डारीले एकहजार एक/एकहजार एक हङ्गकङ्ग डलर अनि धरानका तेजेन्द्र लिम्बुले एकहजार हङ्गकङ्ग डलर सहयोग गर्नुभएको छ। यस्तै केराबारी ७ घर भएकी कृतिका मगरले पाँचसय हङ्गकङ्ग डलर, निर्मला मगरले ५०१ अनि शुशिला मगरले ३००, श्रृष्टि मगरले ५०१ र सोनि ठाडा मगरले ५०१ हङ्गकङ्ग डलर सहयोग गर्नुभएको छ।

यस्तै तनहुँका सुमन थापा मगरले ५००, धरानका धर्मराज मगरले ३००,धरान १५की अञ्जना थापामगरले १००, केराबारी ६की अस्मिता लिम्बुले ३००,केराबारी १०का साईमन चेम्जोङ्गले २००,केराबारी ७की अंशु(बिष्णुमाया) राना मगरले २००,झापाका बिक्रम लिम्बुले १०० हङ्गकङ्ग डलर सहयोग गर्नुभएको छ।

यसैगरी अष्ट्रेलियाबाट सुमन अधिकारीले १००डलर, इटहरीका लोकबहादुर तामांले २हजार रुपैँया केराबारी ७ घर भएकी कबिता थापाले कतारबाट २ हजार ८ सय ५ रुपैँया, केराबारी ६का हिमाल ढुंगानाले १०हजार १सय ८० रुपैँया, केराबारी ८ आमजुंगीका पदम तामांले २हजार, यस्तै सुमन शिवाले मलेशियाबाट १५१रिंग्रेट,काठमाण्डौबाट श्याम भण्डारीले ५हजार रुपैँया,कुवेत बाट पुष्पबहादुर पूर्वछानेले १०हजार रुपैँया र दुवईबाट धनबहादुर खड्काले २हजार रुपैँया सहयोग गरेका छन।

दाताहरुबाट प्राप्त रकमलाई स्थानीय जनप्रतिनिधीको सहयोगमा तटबन्धमा प्रयोग गरिने अभियन्ताहरुले बताएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close