इटहरीमा नर्सिङ्ग लाइसेन्स तयारी कक्षा शुरु

बुधबार ०७ भाद्र २०७४ इटहरी न्युजडेस्क-
सुनसरीको इटहरीमा नर्सिङ्ग लाइसेन्स तयारी कक्षा शुरु भएको छ। बिराटनगर लाइनमा रहेको इटहरी एडुमार्कले नर्सिङ्गको लाइसेन्स परीक्षाको तयारी कक्षा शुरु गरेको हो।

नेपाल नर्सिङ्ग काउन्सीलले गुणस्तरीय नर्सहरु उत्पादन गर्ने लक्ष्यका साथ पी.सि. एल नर्सिङ्ग अथवा बि.एस.सी नर्सिङ्ग पढिसकेका बिद्यार्थीलाई एउटा परीक्षा लिएर त्यसको आधारमा लाइसेन्स दिने गरेको छ।

नर्सिङ्ग शिक्षा पढिसकेपछि एउटा रजिष्टर्ड नर्स हुनका लागी लाइसेन्सको परीक्षा दिनुपर्ने हुँदा यसको लागी काठमाडौ मात्र गन्तव्य भईरहेको बेला अब इटहरी मै यो सुविधा उपलब्ध भएको छ।

पुर्वका सम्पूर्ण नर्सहरुलाई लाइसेन्स तयारीको लागी सहजता प्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम शुरु गरेको इटहरी एडुमार्कले जनाएको छ। एडुमार्कले भाद्र–५गते सोमबार अभिमुखीकरण राखेको थियो।

बिद्यार्थीको काठमाडौ जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर पूर्वका सम्पूर्ण नर्सिङ्ग क्याम्पसका बिद्यार्थीलाई सहुलियत प्रदान गर्न नेपाल नर्सिङ्ग काउन्सिले लिने लाइसेन्स परीक्षाको तयारी कक्षा इटहरीमै सञ्चालन गरेका इटहरी एडुमार्कका सञ्चालक दुर्लभ कार्कीले बताउनुभयो। उहाँले अब पूर्वमा उत्पादित नर्सहरु लाइसेन्स परीक्षाका लागि काठमाडौ जानु नपर्ने बताउनुभयो। उहाँले यसका लागि आँफुहरुले सम्पूर्ण श्रोतको तयारी गरिसकेको बताउनुभयो। सोमबार भएको अभिमुखिकरण कक्षामा २१जना बिद्यार्थी सहभागी थिए।

अभिमुखिकरणमा सहभागी हुनुभएकी बिर्तामोडकी एलिसा श्रेष्ठले आँफुहरु एकदमै खुशी भएको भन्दै पूर्वमा अहिलेसम्म यस्तो तयारी कक्षा नभएकाले सम्पूर्ण बिद्यार्थी काठमाडौ जानुपर्ने बाध्यता रहेकोमा यसको अन्त्य भएकोले इटहरी एडुमार्कलाई धन्यवाद दिनुभयो।

यस्तै बिर्तामोडकै अनिशा कडरीयाले काठमाडौ नै जानुपर्ने भएकाले कतिपय बिद्यार्थीले घर मै बसेर आफैं तयारी गर्नुपर्ने बाध्यता रहेकोमा अब आफ्नै ठाउँमा भएपछि सबैले तयारी कक्षा लिन पाउने भन्दै खुशी ब्यक्त गर्नुभयो। उहाँले टाडाबाट आउने आँफुहरुजस्तालाई होस्टेलको पनि व्यवस्था गरिदिएकोमा सञ्चालकहरुलाई धन्यवाद र कृतज्ञता व्यक्त गर्नुभयो।

(नेपाल नर्सिङ्ग काउन्सीलले गुणस्तरीय नर्सहरु उत्पादन गर्ने लक्ष्यका साथ पी.सि. एल नर्सिङ्ग अथवा बि.एस.सी नर्सिङ्ग पढिसकेका बिद्यार्थीलाई एउटा परीक्षा लिएर त्यसको आधारमा लाइसेन्स दिने गरेको र यसैलाई नर्सिङ्ग लाइसेन्स भनिन्छ। सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close