नवराज मैनालीको “नयाँ युगको खोजी”

शनिबार १० भाद्र २०७४ इटहरी न्युजडेस्क-
माओबादी आन्दोलनका योद्वा एवं बिश्लेषक तथा स्थानीय राजनीतिकर्मी नवराज मैनालीको कबिता संग्रह “नयाँ युगको खोजी” प्रकाशित भएको छ। २०७१सालमा प्रकाशनकालागि छापाखाना पठाईएपनि मैनालीको पारिवारिक कारणले पुस्तक हालमात्र प्रकाशित भएको हो।

माओबादी द्वन्दको क्रममा २०५८सालमा सुनसरीको तरहरास्थित जनसहयोग माबिबाट पक्राउ परेर सैनिक हिरासतमा रहेका बेला मैनालीले लेखेका कबिता “नयाँ युगको खोजी”मा समाबेश गरिएको छ।

“नयाँ युगको खोजी”कबिता संग्रहमा २८वटा राजनीतिक, प्रेमात्मक, सामाजिक, प्रकृति प्रेमका कबिता रहेका छन। “नयाँ युगको खोजी” कबिता संग्रहलाई यहि भाद्र महिनामा सार्वजनिक गर्ने र त्यसकालागि केन्द्रदेखि पूर्वका साहित्यकारहरुसँग छलफल भईरहेको मैनाली निकट एक साहित्यकर्मी बताउनुभयो।

पुस्तकका बिषयमा जानकारी दिन मैनालीले केहि दिन भित्रैमा पत्रकार सम्मेलन गर्ने ति साहित्यकर्मीले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close