बिदेशी बिद्यार्थीको भर्ना कोटा सञ्चालन गर्न उच्च अदालतको आदेश

शनिबार १० भाद्र २०७४ इटहरी न्युजडेस्क-
धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने एमडी, एमएसतर्फ २०१७ का लागि बिदेशी बिद्यार्थीको भर्ना कोटा सञ्चालन गर्न बिराटनगरस्थित उच्च अदालतले अन्तिम फैसला गरेको छ। रिटको बिषयमा फैसला गर्दै उच्च अदालतले एमडी एमएस २०१७ को प्रवेश परिक्षा सञ्चालन गर्न आदेश दिएको हो।

प्रतिष्ठानले सन् २०१७ को एमडिएमएस तर्फ बिदेशी बिद्यार्थीका लागि छुट्याएको २०वटा सिटको प्रबेश परिक्षाबाट ८जना बिद्यार्थी छनौट भएका थिए भने १२ सिटका लागि पुनः प्रवेश परिक्षाको तयारी गरिएको थियो। पुनः प्रवेश परिक्षाको बिरुद्धमा तानियाँ दाशसहित अन्य दुईजना बिद्यार्थीले पुनः प्रबेश परिक्षा लिने प्रकृया कानुन सम्बत नभएको भन्दै बिराटनगरस्थित उच्च अदालतमा रिट हालेका थिए।

उच्च अदालतले बिदेशी बिद्यार्थीका लागि छुट्टयाइएको कोटामा पुनः प्रबेश परीक्षा लिन पाउने फैसला गरेसँगै प्रतिष्ठानले त्यसको प्रकृयासमेत सुरु गरेको छ। प्रतिष्ठानको मुख्य आयश्रोतको रुपमा बिदेशी बिद्यार्थीको भर्ना शुल्कलाई मान्ने गरिन्छ।

प्रतिष्ठानले नेपाल मेडिकल काउन्सिलले दिएको स्वीकृतिअनुसार नै बिद्यार्थी भर्ना लिने गरेको प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close