दुहवीका बाढी पिडीतलाई राहत

शनिबार १० भाद्र २०७४ सुनसरी प्रेम गिरी –
सुनसरीको दुहवीका बाढी प्रभावित ५२५ घर परिवारलाई ९ लाख रुपैँया बराबरको राहत सामग्री बितरण गरिएको छ। एक्सपर्ट काउन्शिल अफ नेपाल र युनिफल्ट उत्पादक तथा निर्यातक संघ नामक संस्थाले संयुक्त रुपमा राहत बितरण गरेका हुन।

दुहवी नगरपालिकास्थित रंगशालामामा बितरित राहत सामग्रीमा चामल, दाललगायतका दैनिक उपभोग्य सामाग्री छन। राहत बितरण कार्यक्रममा दुहवी नगरपालिकाका उप-मेयर सुनिता शाह(दाहाल)ले दुहवीका बाढी प्रभावितहरुकालागी बिभिन्न दातृ संस्थाहरुसंग समन्वय गरिरहेको र चाँडैने दुहवीका बाढी पिडीतहरुलाई पुनस्थापन समेत गरिने बताउनुभयो।

राहत बितरण कार्यक्रम दुहवीस्थित अन्नपूर्ण किराना पसलका सञ्चालक अशोक कुमार शाह हलुवाई स्थानीय युवा दिलीप स्वर्णकार, सुमेस शाह, अतुल कुमार शाह, दुहवी १, ४, ५, ६ का वडाध्यक्ष वडा सदस्यहरु, सुरक्षाकर्मीलगायतको व्यवस्थापनमा गरिएको थियो।

१० भाद्र २०७४, शनिबार ११:३९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु