खरेलको ‘अक्षरमा मान्छे’माथि बिमर्श सम्पन्न

आईतबार ११ भाद्र २०७४ इटहरी न्युजडेस्क –
सञ्चारकर्मी एवं कवि रामप्रसाद खरेलको कविता संग्रह ‘अक्षरमा मान्छे’माथि बिमर्श गरिएको छ। सुनसरीको इटहरीस्थित बिश्व आदर्श कलेजले गरेको बिमर्शमा बक्ताहरुले खरेलको कृति सकारात्मक सोँच र जीवनको खोजको सम्मिलन भएको बताएका छन।

कलेजको सभाहलमा भएको बिमर्शमा कृतिमाथि टिप्पणी गर्दै प्रा.डा.भिम खतिवडाले सरल र सरश शैलीका कारण खरेलका कविताहरु जीवनवादी ठहरिएको बताउनुभयो। आमाको आँशुलाई उर्जा र बुबाको मृत्युको शोकलाई शक्तिमा बदल्न सक्ने क्षमताका कारण राम खरेलले जीवन भोगाईका सुन्दर सिर्जनाहरु पस्किन सकेको उहाँले बताउनुभयो।

कृतिमाथी बिमर्श गर्दै प्रा.डा. खतिवडा

यस्तै अर्का कवि एवं टिप्पणीकार कवि मनु मञ्जिलले राम खरेल सानै उमेरदेखि प्रखर कवित्व लिएर हिँडिरहेको ब्यक्ति भएको भन्दै पछिल्लो समयमा उहाँले कवितामार्फत जीवनको दर्शन अभिब्यक्त गरिरहेको बताउनुभयो। खरेलको अक्षरमा मान्छे कबिता संग्रहमा संग्रहित कबिताहरुमा निराशा, हिनता र कमजोरीको साटो उत्साह, जाँगर र सकारात्मक सोँचको फेहरिस्त पाइने कवि मञ्जिलले बताउनुभयो।

कृतिमाथी बिमर्श गर्दै कबि मनु मञ्जिल

-प्रदिप पराजुलीको सहयोगमा

११ भाद्र २०७४, आईतवार ०३:४८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु