इटहरीका सञ्चारकर्मीसँग काउन्सिलको छलफल

सोमबार १२ भाद्र २०७४ इटहरी न्युजडेस्क-
प्रेश काउन्सिल नेपालको टोलीले गत श्रावण २७ गते आएको बाढीले सञ्चारक्षेत्रमा पुर्‍याएको क्षतिबारे इटहरीका सञ्चारकर्मीसँग छलफल गरेको छ।

छलफलका क्रममा सञ्चारकर्मीले बिपदको बेला सञ्चार माध्यमहरु शसक्त हुनुपर्ने बेलामा बिद्युत अवरोध, टेलिफोनमा अवरोध हुँदा समाचार सम्प्रेषणमा असहज भएको भन्दै त्यस्तो बेलामा सञ्चारकर्मीलाई सञ्चारग्राम जस्तो सुबिधा सम्पन्न ठाउँ आवश्यक पर्ने बताएका थिए।

त्यसका लागि काउन्सिलमार्फत सरकारको ध्यानाकर्षण हुन आवश्यक रहेको बताएका थिए। सो सञ्चारग्राममा आवश्यक उपकरण एवं प्रबिधिले युक्त हुन आवश्यक रहेको सञ्चारकर्मीको माग थियो।

छलफलमा सञ्चारकर्मी सचिन पोख्रेलले सञ्चारकर्मीले बिपतको बेला अपनाउनुपर्ने सावधानी एवं सम्यंम्ताको बिषयमा काउन्सिलले आवश्यक तालिम दिनुपर्ने बताउनुभयो।

काउन्सिलका तर्फबाट सदस्य गोबिन्द चौँलागाँईले पत्रकार एवं सञ्चारगृहलाई शशक्त बनाउन सञ्चारग्राम आवश्यक रहेको भन्दै यसकालागी सरकारसँग कुरा गरिने बताउनुभयो।

छलफलमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले सुनसरीका १२वटा स्थानीय तह मध्य धरानबाहेक ११वटा स्थानीय तहमा बाढीले क्षती पुर्‍याएको भन्दै ती क्षेत्रमा सञ्चालित सञ्चार माध्यममा केकस्तो क्षती पुगेको छ त्यस्को महासंघले लगत निकालेर काउन्सिलमा पठाउने बताउनुभयो।

१२ भाद्र २०७४, सोमबार ०९:०५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु