इनरुवामा कन्दरा ब्याण्डले प्रस्तुती दिने

मंगलबार १३ भाद्र २०७४ इटहरी न्युजडेस्क-
पोखराको चर्चित सांगितिक समुह कन्दराले सुनसरीको इनरुवामा सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएको छ। इनरुवा इभेन्ट मेनेजमेन्टले कार्यक्रम गर्न लागेको हो।

पूर्वी खबर अफिसियल मिडिया रहेको सो सांगितिक कार्यक्रममा स्थानीय ब्याण्ड द ग्राभिटिले पनि प्रस्तुती प्रस्तुत गर्ने आयोजक इनरुवा इभेन्ट मेनेजमेन्टका अध्यक्ष राकेश निरौलाले बताउनुभयो।

हरेक बर्षहरुमा बिजया दशमीको अवसरमा महासप्तमी अर्थात फुलपातीको अवसरमा गर्दै आएको कार्यक्रम यसबर्ष भने अगिल्लोदिन षष्ठीकै दिन गर्ने निरौलाले बताउनुभयो।

स्थानीय महेन्द्र चौकमा हुने सांगितिक कार्यक्रम निशुल्क हुने र कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिन आयोजकले आग्रह गरेको छ। कन्दरा ब्याण्डका लेककी हे माया, हङ्गकङ्ग पोखरा, तगारोमा रुमाल राखी, बिदेशियर गयौ तिमी बोलका गित चर्चित छन।

१३ भाद्र २०७४, मंगलवार १०:१३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु