धरानका सुन्दरीसँग भेटिए बाणिज्य मन्त्री

मंगलबार १३ भाद्र २०७४ इटहरी न्युजडेस्क-
मिस पुर्वाञ्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले नेपाल सरकारका बाणिज्य मन्त्री मिनबाहादुर बिश्वकर्मालाई सम्मान गरेको छ। इन्टरटेन्मेन्टले मिस पुर्वाञ्चल २०१७ का सहभागी प्रतिस्पर्धीहरुमाझ धरान इन्टरनेसनल कलेजको हलमा भएको कार्यक्रममा मन्त्री बिश्वकर्मालाई सम्मान गरेको हो।

सिल्भर इन्टरटेनमेन्टका सल्लाहकार सन्दिप श्रेष्ठ र अध्यक्ष दिपक बनेपालीले बिश्वकर्मालाई खादा ओढाएर तथा सल्लाहकार श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा इन्टरटेन्मेन्टका अध्यक्ष्य बनेपालीले मन्त्री बिश्वकर्मालाई प्रतियोगितामा यो बर्षको टिकटबाट उठेको सम्पूर्ण रकम इटहरी गैरीगाउँस्थित बाढीपिडितको लागि खर्च गरिने जानकारी गराउनुभएको थियो।

यस्तै सल्लाहकार श्रेष्ठले बिश्वकर्मालाई सफल कार्यकालको शुभकामना दिँदै मिस पुर्वाञ्चल नाफामुखी भन्दा पनि सेवामुखी भएकोले सहयोगको अपेक्षा गर्नुभएको थियो।

मन्त्रि बिश्वकर्माले आँफुले आर्ट्स पढेको भएपनि अहिले बाणिज्य बिभाग सम्हाल्न पुगेको भन्दै हरेक कुरामा आफ्नो क्षमता अभिबृदी गर्दै लाने हो भने जुनसुकै क्षेत्रमा आफुलाई सवल र सफल बनाउन सकिने भएकोले सम्पूर्ण सहभागीहरुलाई सुभकामना दिनुभयो।

कार्यकर्ममा सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ, मिस पुर्वाञ्चल २०१७ का बरिष्ठ प्रशिक्षक तथा प्राध्यापक राजबिमल श्रेष्ठ, प्रशिक्षक तथा प्राध्यापक रबिन्द्र थापा, सिल्भर इन्टरटेनमेन्टका सदस्यहरु शत्रुघन अन्सारी, सौगात रिजाल, प्रकाश लकान्द्रीलगायत उपस्थित थिए।

कार्यक्रमलाई मिस पुर्वाञ्चल २०१५कि सेकण्ड रनर अप तथा मिस पुर्वाञ्चल २०१७ कि प्रशिक्षक प्रमिशा बज्राचार्यले गर्नुभएको थियो।

१४ भाद्र २०७४, बुधबार ०३:२३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु