“मेरो बडडे”

मलाई मेरो जन्म भएको,

त्यतिबेला अनुभुती भयो,

जब म रुपियाँको दुईटा आउने,

ल्याक्टो चक्लेट,

मेरा छिमेकीलाई बाड्दा,

धेरै पढेस,

आमा’बालाई सुख्खा दिएस,

र ठुलो मान्छे बनेस,

जस्ता आशिक पाए ॥

आज मेरो जन्मदिनमा,

“घुस लिन्या र दिन्या”

दुबै अपराधी हुन् भन्ने

थाहा हुदाहुदै पनि,

सुख्खा किन्ने आशामा,

म भगवानलाई रु.१०१ को,

खुलेआम रिस्वत चढाउदै छु ॥

ह्यप्पी बडडे मलाई ॥

सारा “सृष्टिको” नियम तोड्दै,

यो “दुनियाँ” देखाउने

मेरा देउताको हासो,

आज किन विलीन हुदैछ ?

भन्ने पढ्न नसकेको म,

“दुनियाँ”

(ओबामा,लादेन,मन्डेला)को

हिस्ट्री पढेर,

धेरै पढेको भन्ठन्ने,

मलाई ह्याप्पी बडडे ॥

मेरो “मननै” थियो जो,

मेरो जन्मदिनमा भेला भएका रुपियाँले,

मेरा साथीहरुको माझमा,

निधारमा रातो टिको टासेको “जुली”,

बिस्कुटको पार्टी गर्थ्यो ॥

आज, म’नै छु जो,

सानो पिण्ड जत्रै केक काटी,

साथीहरूलाई दिने चेस्ठा गर्दिन ॥

मेरो मन भन्दा ठुलो भएको मलाई ,

ह्याप्पी बडडे ॥

अज मेरो जन्मदिन,

म फेरि सानोमा पाएका

ती आशिकहरु सम्झन्छु,

बिज्ञानले पत्तालाउन नसकेको ईन्फिनिटी(infinite),

भन्दा निकै पर’पो पुगेछन् ,

ती आशिक,

अनी त्यस ईन्फिनिटिलाई

पछ्याउँदै गरेको म,

ईन्फिनिटीसङ्ग एकवर्ष नजीकिएको छु,

ईन्फिनिटिको यात्रा गर्दै गरेको मलाई ,

ह्याप्पी बडडे छ ॥

-किरण चौलागाईं

इटहरी ५,पचरुखी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close