बगेर बाँचेकाहरुलाई मलेसियाबासी नेपालीको सहयोग

बुधबार १४ भाद्र २०७४ इटहरी सहदेब कार्की
श्रावण अन्तिम साता आएको बाढीले आफन्त बगाएर अभिभावक बिहिन भएका दुईजना बालबालिकालाई मलेशिया बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन। इटहरी ४स्थित गैरीगाँउमा बसोबास गर्दै आएका निशान राई र कमला राइलाई मलेशियाबाट सहयोग प्राप्त भएको हो।

श्रावण अन्तिम साताको बाढी इटहरी ४स्थित गैरीगाउँ फाँटमा पस्दा बाढीले अभिभावक बगाएर आफन्त बिहिन भएका कक्षा ५मा पढ्ने १० बर्षीय निशान र कक्षा १०मा पढ्ने १५बर्षीया कमलालाई मलेसियामा बस्ने नेपालीले दश हजार रुपैयाँ सहयोग गरेका हुन्।

गैरीगाँउ फाँटमा बस्ने बुवा रामकुमार राई,आमा आशादेवी राई र सानो भाई निमेष राई बुढी खोलाको भेलले बगाए पनि बच्न सफल निशान र कमलालाई मलेसियामा काम गर्ने नेपाली समुह (राष्ट्रिय कार्की महासंघ) मलेसिया शाखाका अध्यक्ष प्रदीप कुमार कार्की, सचिव गोपाल कार्कीलगायतले संकलन गरेको सो रकम बाढीले अभिभावक बिहिन भएका निशान र कमलालाई प्रदान गरेको हो। हाल निशान र कमला इटहरी ७ को एसओएस बालग्राममा अध्ययनरत भएकाले सो रकम एसओएसका प्रवन्ध निर्देशक एवं संरक्षक देवचरण चौधरीमार्फत बुझाईको हो।

निशान र कमलाकी आमाको शव भेटिए पनि सानो भाई र बुवाको हाल सम्म पत्तो लाग्न सकेको छैन। अभिभावकबिहिन भएका उनिहरुलाई ईटहरी उपमहानगरपालिका प्रमुख र निशान र कमलाका नजिकका आफन्तले कागजी प्रकृया पुरा गरेर निर्देशक चौधरीले भाद्र २ गतेदेखि बालग्राममा जिम्मा लिनुभएको छ।

चौधरीले कमला र निशानलाई अवको २३ बर्षसम्मको शिक्षा दिक्षाको जिम्मा लिँदै दोश्रो घरपरिवारको दायित्व आँफुहरुमा रहने भन्दै उज्वल जीवनको कामना गर्नुभएको छ।

बिपतमा परेका उनिहरुलाई आपतकालीन सहयोग जुटाएर मलेसिया बस्ने नेपाली समुहले पठाएको सो रकम ईटहरीको हलगडा क्षेत्रका ङडेन्द्र टिमल्सिना, योगमाया तिमल्सिना, दयाराम भट्टराई, संगीता कार्की र सावित्रा तिमल्सिनाको समुहले(एसओएस)बालग्रामका पुर्ण अभिभावक चौधरीलाई भाद्र १३गते मंगलवार बुझाएका हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close