पाँचैजना सन्तानमा अपांगता हुँदा आमा बुवालाई सास्ती

बिहिबार १५ भाद्र २०७४ उर्लाबारी तेजन खड्का –
मोरङ्गको इटहरा ७का एकैपरिवारका पाँचजना सुस्त मनस्थितीका हुँदा बाबुआमाले सास्ति भोग्नु परेको छ। उमेरले सबै जवान भएपनि सबैके हेरचाह गर्नुपर्ने भएकोले आमाबाबुले सास्ति भोग्नुपरेको हो।

मोरङ इटहरा–७ सिक्किमे टोलका तुलसीराम ढुङ्गाना र श्रृजना ढुङ्गानाका पाँचैजना सन्तान सुस्त मनस्थितिका भएकाले उनीहरुको स्याहार सुसारमा दिनरात खट्नु पर्दा ढुङ्गाना दम्पतीलाई अफ्ठेरो परेको हो।

दम्पतीका ३८बर्षीय निर्मला छोरी, ३६बर्षीय छोरा निर्मल, ३२बर्षीय छोरा उमेश, २३बर्षीया छोरी पार्वता र २१बर्षीया छोरी गोमा जन्मजात सुस्त मनस्थितिका जन्मिएका हुन। उनिहरुको त्यस्तो अवस्थाका कारण उनिहरु जीवन कष्टपूर्ण बनेको छ। बुढेसकालमा सहारा बन्ने आशा राखेका छोराछोरी सबै सुस्त मनस्थितीका भईदिँदा ढुङ्गाना दम्पतीले आफ्ना सन्तानको हेरचाहमा जीवन गुर्जान बाध्य बनेका छन।

भोक लाग्दा, शौच(दिसापिसाब) लाग्दा भन्न समेत नजान्ने उनिहरु आफ्नै घाउ कोट्याएर खाने गरेको ढुंगाना दम्पतीले बताएका छन। पाँचै सन्तानलाई हेर्न, उनीहरुको माग र आवश्यकता बुझेर सन्तुष्ट पार्न आमा श्रृर्जनालाई समस्या पर्ने गरेको छ।

उनिहरुलाई बाल्यावस्थामा हेरबिचारमा सहजै भएपनि ठूला हुँदै गएपछि अझ बढी अप्ठ्यारो भएको आमा श्रृजनाले गुनासो गर्नुभयो। उहाँले आफ्ना सन्तान रिसाएको र खुसी भएको मात्र थाहा पाउने गरेको बताउनुभयो। उनीहरुको अन्य इसारा आँफुले बुझ्न नसक्ने श्रृजनाले बताउनुभयो। बिरामी हुँदा समेत उनिहरुले इशारा गर्न नसक्ने भएकोले अनुमानको भरमा उपचार गर्न सकि नसकी लानुपरेको श्रृजनाको गुनासो छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close