ओली, यादव र गच्छदार मधेसीको हित नचाहनेहरु हुन : लामा

बिहिबार १५ भाद्र २०७४ इटहरी न्युजडेस्क-
राष्ट्रिय जनता पार्टी नेपालका सचिव तेञ्जि(छत्रपती)लामाले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन दुई चरणमा गर्ने भनी सरकारले गरेको निर्णय स्वागत योग्य भएको बताउनुभएको छ। पूर्वी खबरसँगको बिशेष कुराकानीमा सचिव लामाले यस्तो भन्नुभएको हो।

दुई चरणमा निर्वाचन गर्ने भन्ने सरकारको निर्णयको एमाले अध्यक्ष केपि शर्मा ओलीले असन्तुष्ठि जनाउनुपर्ने कारण नभएको भन्दै लामाले थाईलेण्डको कष्टकर यात्रा र औषधीको असरका कारण ओलीले त्यस्तो बोलेको हुनसक्ने बताउनुभयो।

बिहिबार बिहान पूर्वी खबरसँग भएको टेलिफोन सम्बादका क्रममा लामाले आदिबासी जनजाती र मधेसीको भलो नचाहने पार्टी र त्यसका अध्यक्षले आपत्ती जनाउँदैमा केहि फरक नपर्ने प्रतिकृया दिनुभयो।

मधेस पहाड, हिमाललाई बिकसित र अधिकार सम्पन्न बनाएर तीनैतहको भुभाग जोड्ने काम मध्यमार्गी धारमा रहेर देशमा उदयिमान पार्टीको रुपमा स्थापित राजपा नेपालले मात्र गर्न सक्ने लामाले दावी गर्नुभयो।

उपेन्द्र यादव, बिजय गच्छदार नेतृत्वको पार्टीले मधेसी, थारु आदिबासी जनजातीलाई भँजाएर ब्यक्तिगत स्वार्थका लागि काम गर्ने अनि आफ्नो पेट भर्ने अध्यक्षहरुले मधेसी जनताको मुक्ति दिलाउन नसक्ने लामाले दावी गर्नुभयो।

यादव र गच्छदार पनि एमाले अध्यक्ष ओलीकै धारमा रहेकोले दुई नम्बर प्रदेशमा तेश्रो चरणमा हुने निर्वाचनमा जनताले ब्यालेटबाटै सफा गरेर छर्लङ्ग पारिदिने दावी गर्नुभयो।

१५ भाद्र २०७४, बिहीबार ०५:५९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु