बाढी

२०७४ मा खोला खोली रिसायो।
दुनियाको प्राण धौ धौ गरायो।।
आयो आयो भेल बाढी बढेर।
गाउँ पस्यो पैरो साह्रा पसेर।।

साउन महिना सत्ताईसै गएछ।
शुक्रबार रातको दश बजेछ।।
गाई भैँसी पाडा बाच्छा बगायो।
बाख्रो पाठो घर समेत बगायो।।

अन्न पानी लुगा सबै डुवायो।
भाँडा कुँडा कहाँ कहाँ पुर्‍यायो।।
छैन केहि थर्थरी काम छुट्यो।
दुनियाँको साथमा साथ टेट्यो।।

कुरा सुन्दा मुटुनै गाँठो पर्छ।
जाउँ कहाँ दैब नै छक्क पर्छ।।
मध्यरात केहि देख्नु परेन।
चट्पट् गर्दा बाच्छु भन्ने भएन।।

बोल्दा खेरी केहि पनि सुनिदैन।
हातको सार त्यो पनि देखिँदैन।।
पानी पर्ने आरीले पोखे जस्तो।
त्यस्तो ता दखिन खै आज जस्तो।।

नेपाल भरमै यस्तो संकट ल्यायो।
भारतलाई केहि होसमा पुर्‍यायो।।

-कृष्णप्रसाद पौड्याल
केराबारी ७ डाँगी मोरङ्ग

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close