मन्टेश्वरी एशोशियसनको साँस्कृतिक नृत्य कार्यक्रम

शुक्रबार १६ भाद्र २०७४ इटहरी न्युजडेस्क –
किन्डर गार्डेन मन्टेश्वरी चिल्ड्रेन एशोशियसन सुनसरीले साँस्कृतिक नृत्य कार्यक्रम गरेको छ। सुनसरीमा रहेका बिभिन्न किन्डर गार्डेन एवं मन्टेश्वरी स्कुलमा पढ्ने बिद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका छन।

इटहरीस्थित लायन्स क्लवको सभाहलमा भएको कार्यक्रममा २७वटा स्कुलले सहभागिता जनाएको एशोशियशनका अध्यक्ष हरि आचार्यले बताउनुभयो।

कार्यक्रममा श्रावण अन्तिम साता आएको बाढीबाट प्रभाबित भएकाहरुलाई सहयोग गर्न आर्थिक सहयोग गर्नेहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथी रहनुभएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अंग्रेजीमा सम्बोधन गर्दै बालबालिकाको भबिश्य बनाउने स्कुलहरुले आपत बिपतमा परेकाहरुलाई सहयोग गरेकोमा धन्यवाद प्रदान गर्दै मानवता प्रदर्शनको लागि धन्यबाद प्रदान गर्नुभयो।

यस्तै एशोशियसनका अध्यक्ष आचार्यले घरैपिच्छे जस्तो मन्टेश्वरी स्कुल दर्ता भएकोले गर्दा सो ठाउँको आवश्यकता हेरेर मात्र अनुमती प्रदान गर्न उपमहानगरपालिका समक्ष माग गर्नुभएको छ।

आचार्यले इटहरीमा मात्र सिमित रहेको एशोशियसन सुनसरी ब्यापी बनेको भन्दै अव देश ब्यापी बन्न लागेको बताउनुभयो। एशोशियशनको केन्द्रिय कार्यालय इटहरीमा नै रहने उहाँले बताउनुभयो।

नृत्य कार्यक्रममा सहभागी सबै बिद्यार्थीलाई मेडल र पमात्र पत्र प्रदान गरिएको एशोशियशनका सह संयोजक दिपक अग्रवालले जानकारी दिनुभयो।

१६ भाद्र २०७४, शुक्रबार १०:१८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु