मिस प्लस टु २०१७को फोटो सेसन

शुक्रबार १६ भाद्र २०७४ धरान संबाददाता –

बिग इभेन्ट नेपालले यहि भाद्र २६ गते गर्ने मिस प्लस टु २०१७ का प्रतियोगिलाई सोमवार मेकअप क्लास दिइनुका साथै उनिहरुको फोटोसेसन समेत गरिएको छ। मिस प्लस टु २०१७ सौर्दय प्रतियोगितामा मिस फोटोजेनिक प्रतिस्पर्धाको लागि फोटो सुुट गरिएको आयोजकले जनाएको छ।

उनिहरुको फोटो सेसन पत्रकार बिकास चाम्लिङ राई र फोटोग्राफर प्रेम शाक्यले गरेका थिए। प्रतियोगिहरुको फोटो सेसनसँगै उनिहरुलाई मेकअप गर्ने तरिका सम्वन्धि तालिम पनि दिइएको थियो। धरान १८स्थित निर्भाणा कन्ट्रि क्लवमा गरिएको प्रशिक्षण कार्यक्रममा मेकअप सम्वन्धि तालिम मिस प्लस टु प्रतियोगिताका अफिसियल मेकअप पार्टनर समेत रहेका तरुणा राईले दिएकी छन।

यहि भाद्र २६गते हुने फाइनलको लागि मिस प्लस टु २०१७ का प्रतियोगिहरुको क्षमता अभिबृद्धिको लागि उनिहरुलाई बिभिन्न बिधामा प्रशिक्षण दिइरहेको छ।

धरान १५स्थित होटल इजि राइडरको सभा हलमा भाद्र ४गते देखि अभिभावक भेटघाट तथा अन्तरकृयाबाट प्रशिक्षण सुरु भएको बन्द प्रशिक्षणमा अहिले सम्म संघीय राज्य व्यवस्थामा स्थानीय सरकारको कार्यप्रणाली, युवा तथा राष्ट्रियता, उद्घोषण तालिम, बिजनेस टक बराह इन्ड्रष्ट्रिज प्रा.ली, व्यक्तित्व बिकास, फिटनेस तालिम, टेवल सिष्टाचार, महिला स्वास्थ्य सम्वन्धि, महिनावारी तथा ब्रेस्ट क्यान्सर बारे कक्षा सञ्चालन, आधारभुत पत्रकारीता तालिम, आत्मरक्षा, दन्त स्वास्थ्य, सकारात्मक सोचको बिकास, प्राथमिक उपचार, लैंगिक समानता र संस्कृति लगायत बिज्ञहरुद्धारा प्रशिक्षण दिईसकेको छ।

संविधानमा महिला अधिकार, पब्लिक स्पिकिङ्ग जस्ता बिभिन्न चेतनामुलक कक्षा अझै बाँकी रहेको बिग इभेन्ट नेपालका निर्देशक शालिक सतासकले जानकारी गराएका छन। उपाधि बिजेताले नगद ४४हजार ४ सय ४४ रुपैया, ट्रफिसँगै स्नातकतहमा छात्रबृत्ती र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन। यस्तै फस्ट रनर अपले नगद २२ हजार २ सय २२ र सेकेन्ड रनरअपले ११ हजार १ सय ११ रुपैया र छात्रवृत्ती पाउनेछिन।

यस वाहेक सहभागिहरुले मिस भ्युअर च्वइस, मिस फ्रेन्डसिप, मिस ट्यालेन्ट, मिस बेस्ट क्याटवाक, मिस फोटोजनिक, मिस डिसिप्लिन, मिस ब्युटिफुल, मिस एक्टिभ, बेस्ट स्माइल टाइटलको उपाधि प्राप्त गर्ने आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close