राष्ट्र बैंकको प्रतिबद्वता

शुक्रबार १६ भाद्र २०७४ इटहरी न्युजडेस्क-

नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुर्‍याउने प्रतिवद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाको पहुँच पुर्‍याउन लागिएको स्पष्ट पार्नुभयो।

काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार समाजको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा आर्थिक गतिविधि बढदै गईरहेका कारण मुलुकको ८० प्रतिशत भागमा बैंक तथा वित्तिय संस्थाको पहुँच पुगिसकेको पनि स्मरण गराउनुभयो ।

गभर्नर नेपालले बजारमा सबैको सहज पहुँच पुर्‍याउने गरी आर्थिक गतिविधिलाई अघि बढाउन नेपाल राष्ट्र बैंक लागि परेको पनि बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close