गजल

एक युवक गाऊ छोडि शहर आयो
पछि युवकलाई बिदेसिने रहर आयो
प्रशस्त  धन हुन्छ भन्ने सुनेर मनमा
सपनाको मिठो मिठो लहर आयो
गरिबि बाट छुटकारा पाउने सोचले
बिदेसिने उसको मनमा ठहर आयो
ठगीमा पर्यो जब दलालको अनि
मर्ने सोच आई हातमा जहर आयो
त्याग्यो संसार जुन दिन त्यसपछि
परिवारमा दुखै दुखको प्रहर आयो
-ख्याम चम्लागाई
मोरङ द्र्बेशा८ दोमहना बजार
हाल दोहा कतार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close