शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्दिन : प्रनाउ राउत

शनिबार १७ भाद्र २०७४ इटहरी न्युजडेस्क-
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक संजय राउतले इटहरीको शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ। हालै मात्र सरुवा भएर आउनुभएका राउतले सञ्चारकर्मीहरुसँगको भेटघाटमा त्यसो भन्नुभएको हो।

शनिबार बिहान भएको भेटघाटमा प्रनाउ राउतले इटहरी पूर्वको केन्द्रबिन्दु भएको हुँदा लागुऔषध र अवैध हतियार राख्नेहरुको बिशेष निगरानी बढाउने बताउनुभयो। नजिकिँदै गरेका चाडबाढहरुलाई लक्षित गरेर सुरक्षा योजना बनाईने भन्दै राउतले दुई नम्बर प्रदेशमा हुन लागेको निर्वाचनमा इटहरी प्रहरीको ठुलो जनशक्ति परिचालन हुन लागेको भन्दै सुरक्षा चुनौती थपिन सक्ने बताउनुभयो।

सर्वसाधारणको प्रहरी कार्यालयसँगको पहुँच बढाउन तत्काल रेस्पोन्स गर्ने ब्यवस्था मिलाईने प्रनाउ राउतले बताउनुभयो। उहाँले इटहरीमा सडक बालबालिकाको अवस्था आँफुले दर्दनाक पाएको भन्दै यसका लागि पहल गर्ने बताउनुभयो। इटहरी जस्तो शहरमा रातको समयमा आउने मानिस अलपत्र नहुन भन्नका लागि पनि बिशेष पहल गर्ने राउतको भनाई छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close