नेपाल आइडल, जज पावर र निर्णय

शनिबार १७ भाद्र २०७४ इटहरी न्युजडेस्क-
एपी वान टीभीबाट प्रसारित भएको नेपाल आइडलका ४ मध्ये ३ प्रतीयोगीहरुलाई अघिल्लो चरणमा लैजाने र एक जना बाहिर पार्ने नियमलाई क्रमभङ गर्दै जजहरुले समर्थकहरुलाई फेरि भोटिङ गर्न आग्रह गरेका छन् तर यसको सर्वत्र विरोध भएको देखियो।नियम अनुसार एकजना बाहिरिनुपर्ने हो भन्ने सबैको गुनासो आयो।

के फेरि भोटिङ गर्न लगाउनु नियम सङ्गत हो ?
आइडलभित्र आफ्नै नियमहरु हुन्छन्। जस्तो कि प्रतियोगिताबाट बहिरिएकाहरुलाई समेत वाइल्ड कार्ड र स्रोता,दर्शकको एसएमएसबाट भित्र्यइने नियम हुन्छ।हिजोको कार्यक्रममा जजहरुले गरेको रिभोटिङको फैसला नियमसंगत छ।यो आइडलमा पर्छ।सन् २०१६ को अमेरिकन आइडलमा बसेका जज मध्ये सिमोन किवेलले भोटिङबाट बाहिरिएका एक प्रतियोगीको समर्थन गर्दै भने”जनताले सही निर्णय गर्न नसक्दा राम्रो गायकहरु बाहिरिनु बिडम्बना हो ,फेरि एक पटक भोटिङ पोल हेरौ “र फेरि भोटिङ गर्न लगाइएको थियो ।यस्तो त इण्डियन आइडलमा पनि भएको पाइन्छ।नेपाल आइडल अमेरिकन आइडलको ढाँचा र नियम अनुसार चलेको हो ।नेपाल मात्र होइन विश्वका लगभग ५० भन्दा बढी देशको आइडल सोही अनुसार चलेको पाइन्छ।तर हामीलाई इन्डियन आइडल मात्र थाहा भयो।अब हामी नेपाली भएर सकारात्मक सोचौ ।


त्यसकारण हिजो निर्णायकहरु न्यहू बज्राचार्य ,इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा गरेको निर्णय सही छ ।

-सिएन गौतम
इटहरी -२,सुनसरी

१७ भाद्र २०७४, शनिबार ०९:५१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु