लागूऔषध भित्य्राउन युवायुवती सकृय

शनिबार १७ भाद्र २०७४ इटहरी न्युजडेस्क-
मेची पुलमा खटिएका प्रहरीलाई चुनौती दिदै नेपाली युवायुवती भारतको पानीटंकी बजारबाट खरिद गरी ल्याएका लागूऔषध नेपाल भित्य्राउने कार्यमा संलग्न रहेको पाइएको छ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाका प्रहरी सहायक निरीक्षक देबिरमण तिमल्सिनाको टोलीले एकजना युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

रामेछाप गौशाला ९ घर भई हाल मोरङको लेटाङ नगरपालिका ९ बस्ने २३बर्षिय बिबेक मगरलाई लागु औषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको शरिर चेकजाच गर्दा ढाडमा टेपले वेरिएको १९ थान डाईजोपाम, १९ थान फेनारागन र १९ थान लुपिजेसिक फेला पारेको हो।

नियन्त्रणमा लिएका मगरलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय काकडभिटटामा राखिएको छ। भारतीय बजारमा खुलेआम लागुऔषध बिक्री वितरण हुने गरेकाले काकडभिटटा नाकाबाट दिनहु लागुऔषध नेपाल भित्रिने गरेको छ।

१७ भाद्र २०७४, शनिबार १०:३६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु