चुल्ठो काटिइँदा बिरामी बनेकी महिलाको मृत्यु

शनिबार १७ भाद्र २०७४ इटहरी न्युजडेस्क-
सिराहमा चुल्ठो काटिइँदा बिरामी बनेकी एकजना महिलाको मृत्यु भएको छ। सुखिपुर नगरपालिका ७ की अन्दाजी २५ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो।

पीडित परिवारका अनुसार हिजो दिउँसो ४बजेतिर घरमा कोही नभएको बेला ति महिलाको चुल्ठो काटिएको थियो। चुल्ठो काटिएपछि बेहोस मुखियालाई लहानस्थित ओम गुरुकुल पोलिक्लिनिक उपचारका लागि ल्याइएकोमा उपचारका क्रममा तीन घण्टापछि साँझ करिब ७ बजे मृत्यू भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। मृतकको शव पोष्ट मार्टमका लागि लहान अस्पतालमा राखिएको छ।

१० दिनमै सिरहाको लहान, गोलबजार, मिर्चैया, सारश्वर गरी १५ भन्दा बढी महिलाको चुल्ठो काटिएको छ। कसैले अदृष्य शक्तिले चुल्ठो काटेको बताइरहेका छन् भने कसैले किराले चुल्ठो काटेको दावी गरिरहेका छन्। सिरहामा चुल्ठो काट्ने आतंकले सर्वसाधारण रातभर सुत्न नसकेको स्थानीयले बताएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close