नेइमारको अनुबन्ध सम्बन्धको अनुसन्धान शुरु

शनिबार १७ भाद्र २०७४ इटहरी कैलाश रेग्मी –
युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले नेइमारको अनुबन्ध सम्बन्ध फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि औपचारिक रुपमा अनुसन्धान सुरु गरेको छ।

युइएफएले खेलाडी अनुबन्धका सम्बन्धमा क्लबहरुमाथि गरिरहेको फाइनान्सियल फेयर प्ले अन्तर्गत पिएसजीमाथि अनुसन्धान सुरु गरेको हो।

युइएफएले सन् २०१३ मा एफएफपी नियम लागु गरेको थियो। यो नियम अनुसार युरोपियन क्लबले खेलाडी किन्न तथा अरु कामका लागि गरिने खर्च आफ्नो आम्दानीसँग ब्यालेन्स मिलाएर गर्नुपर्ने हुन्छ।

पिएसजीले यो सिजन नेइमारलाई विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा बार्सिलोनाबाट क्लब भित्य्राएको छ। यो यसअघिको विश्व कीर्तिमान भन्दा दोब्बर भन्दा पनि बढी हो।

पिएसजीले यो सिजन खेलाडी अनुबन्ध गर्दा एफएफपी नियम उल्लंघन गरेको हुन सक्ने देखिएकाले युइएफएले अनुसन्धान सुरु गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close