मोरङ्गको गोठगाउँमा स्केर्पियो दुर्घटना २को मृत्यु एक घाईते

आईतबार १८ भाद्र २०७४ इटहरी न्युजडेस्क –

मोरङ्गको सुन्दर हरैँचा ७स्थित गोठगाउँमा भएको स्केर्पियो दुर्घटनामा २जनाको ज्यान गएको छ। एकजना महिला गम्भिर घाईते भएकी छन।

आईतबार बिहान करिव ४ः३०तीर भएको सो दुर्घटनामा मोरङ्गको पथरीशनिश्चरे २का ३५बर्षीय रामकुमार राई र झापाको कन्काई नगरपालिकाकी २०बर्षीया बिमला राईको ज्यान गएको हो। दुर्घटनामा झापाकै पृथ्वीनगर नगरपालिकाकी अन्दाजी २०बर्षीया रेनु राई गम्भिर घाईते हुनुभएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। घाईते राईको धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
पूर्व जाँदै गरेको बा १६ च ४७५७ नम्बरको स्केर्पियो तिब्र गतिका कारण सडक छेउको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।

-(तस्विर पत्रकार शिब भट्टराईको फेशबुकबाट)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close