पौडी संघले लाईफ गार्ड तथा प्रशिक्षकहरुका लागी तालिम सञ्चालन गर्ने

आईतबार १८ भाद्र २०७४ इटहरी न्युजडेस्क –

सुनसरी जिल्ला पौडी संघले लाईफ गार्ड तथा प्रशिक्षकहरुका लागी तालिम सञ्चालन गर्ने भएको छ। संघले शनिबार इटहरीस्थित ओशियन पार्क एण्ड रिसोर्टमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो।

यहि भाद्र २१गतेदेखि शुरु हुने तालिम एक महिनासम्म सञ्चालन हुने सुनसरी पौडी संघका अध्यक्ष डम्बर तामाङ्गले बताउनुभयो। तालिममा १५जना प्रशिक्षक र २५जना लाईफ गार्डलाई प्रशिक्षण गराउने तामाङ्गले बताउनभयो।

तालिमका उत्कृष्ट सहभागीलाई राष्ट्रिय पौडी प्रतियोगितामा सहभागी गराउने तामाङ्गको भनाई छ। संघले तालिममा छारे रोग एवं मुटुका रोगीलाई प्रशिक्षणमा सहभागी नगराउने बताएको छ।

संघले तालिम पश्चात लाईफ गार्ड तथा प्रशिक्षार्थीहरुले सम्बन्धित काममा स्वदेश तथा बिदेशमा रोजगारीको अवसर समेत प्राप्त गर्ने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close