बिराटनगरका घुम्नैपर्ने १०वटा ठाउँ (भिडियो सहित)

आईतबार १८ भाद्र २०७४ इटहरी न्युजडेस्क –

प्रदेश नम्बर एकको एक्लो महानगर बिराटनगरका बिभिन्न घुम्नुपर्ने दशठाउँहरु समेटिएको ट्राभल भिडियो निर्माण गरिएको छ। इस्ट नेपाल टुर नामक युट्वुब च्यानलको लागी बनेको सो भिडियो बनेको हो।

भिडियोमा बिराटनगरको वेलकम गेट, बिमानस्थल, गोपाल गार्डेन तथा एक्वा पार्क, प्राचिन बिराट राजाको दरबार क्षेत्रलगायतका गन्तव्यहरु समेटिएको छ। भिडियोमा बिराटनगरमा रहेको पुर्वकै पहिलो थिएटर गुरुकुल तथा बिश्वको दोश्रो ठुलो रथयात्रा गराउने मन्दिर भनेर परिचित राधाकृष्ण मन्दिर पनि गन्तव्यको रुपमा समेटिएको छ।

बिराटनगर नजिकैको एभरेस्ट साइन्स सेन्टर भनिने चन्द्रमाका चट्टान राखिएको एवं चन्द्रमा पुगेका बज एल्ड्रिन सम्मले भ्रमण गरेको शान्ति बन क्षेत्रलाई बिराटनगरको यात्रा प्याकेजमा राखिएको भिडियो बनाउने पत्रकारद्धय यात्री शेखर र बिराट अनुपमले जानकारी दिएका छन। बिराटनर नजिकै झोराहाटको नाट्यघर पनि यो भिडियोले घुम्नुपर्ने बिराटनगरका दश ठाउँमै समेटेको यसका परिकल्पनाकार बिराट अनुपमले बताएका छन।

पूर्वको पुरानो र सबैभन्दा ठुलो शहर आउने स्वदेशी तथा बिदेशीहरुलाई घुम्ने ठाउँहरुको जानकारीको उपस्थिती इन्टरनेटमा जनाउन भिडियो निर्माण गरिएको निर्माता यात्री शेखरले बताएका छन।

‘टेन थिंग्स टु डु इन विराटनगर’ र ‘विराटनगर टुरिजम’को नाममा युट्युवमा आइतबार मात्रै पोष्ट गरिएको भिडियोलाई अंग्रेजी सव टाइटलमा समेत उतारिएको छ।

बिराटनगरको जानकारी खोज्ने विदेशीहरुलाई सरसर्ति सामान्य यात्रा बिवरण दिनलाई अंग्रेजी सब टाइटल हालिएको भिडियोमा देखिएका इटहरीका युवा पत्रकार बिराट अनुपमले बताएका छन।

बिराटनगरको पर्यटन भिडियो बनाउनु अगी पुर्वका दुईटा उपमहानगरपालीकाहरु धरान र इटहरीको पनि यस्तै भिडियोहरु बनेर युट्युवमा राम्रोसँग चलेको भिडियोका निर्देशक यात्री शेखरले बताएका छन।

हेर्नुहोस भिडियो:-

१८ भाद्र २०७४, आईतवार ०४:२१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु