छोरी पनी सन्तान हो, बुझ्नुभो ?

प्रतिक्षा अधिकारी

म मेरो परिवारको एक मात्र सन्तान हूँ । मलाइ पनी कहीले काँही दाजू भाइ नभएकोमा लघुताभास हुन्छ । तर मेरा बुबा आमा म प्रति खुसी देख्छु । छोरी मात्र भएकोमा गर्भ गर्नूभएको महसुुस गर्छु । छोरा प्रतिको मोह त होला । तथापी म प्रति बुबा आमाको सन्तुष्टि देखेर म आनन्दित हुन्छु । मनमनै फुरुङ्ग हुन्छु ।

मलाइ राम्रो संग थाहा छ । छोरा नजन्मीदा धेरै महीलाले सौताको पिडा बेहोर्नुपरेको । समाजबाट बहीस्कृत हुनुपरेको । तर पनी केही बोल्न नसकेर चुपचाप सहेर बसेको धेरै आमाहरुको अनूहार मैले देखेको छु । ति महिलाका आसु संग मेरो राम्रो परिचय छ । मनका बह बिसाउने माइती भित्र पनी छोरा भएको छोरी र छोरा नभएको छोरी लाइ गर्ने व्यवहारमा धेरै भिन्नता महसुस गरेको छु ।

उमेरले दुइ दशक पार गर्दै गर्दा मैले देखेको समाजीक चित्र बिचित्रको लाग्छ । खासै ठुलो कुरा केही छैन । भएको समान्य कुरानै हो । छोरीको जन्म भएको । छोरी जन्मदा छोरी मात्र हैन । छोरी संगै आइमाइ जन्मन्छे । अर्काको घर जाने जात जन्मन्छे । दैवले चरित्र नजान्ने प्राणि जन्मन्छे । कसैको स्वास्नि जन्मन्छे । बच्चा उत्पादन गर्ने मेसीन जन्मन्छे । कसैको हेरचाह गर्ने नोकर जन्मन्छे । तर सन्तान जन्मदैन भन्ने धारणाले जरो गडी रहेको छ ।

एउटी छोरी जन्मदा छोरी संगै प्रेम, करुणा, संवेदनशिलता, साहस, नारीपन, शक्ति, लगनशिलता, बिश्वास पनि जन्मिएको हुन्छ भन्ने हेक्का राख्नुपर्छ । छोरा मात्र भएको घर र छोरी पनि भएको घर बिचमा कती फरक छ भनेर सबैतिर दाजे हुन्छ । एउटी छोरीको साथमा आएको खुसी ले त्यो घरको मुहारमा कती उज्यालो दिन्छ भन्ने कुरा छोरी नभएको घरलाइ थाहा छ । हिन्दु धर्ममा महीलाको सम्मान उचो छ । तर त्यसको प्रयोग हेर्दा मनमनै लाजमर्दाे लाग्छ । भगवतीको रुपमा पुजीत हुने महिलालार्इ गरिने व्यवहार दानवको जस्तो छ । के साच्चै महिला देवी नै हुन ? यदी हन् भने किन महिलामाथी दानवी चरीत्र देखाएको ?

महाभारतमा दौपदी र रामायणमा सिताको भुमीकालार्इ हेँरौ न !! दौपदीले पाण्डव लाइ कसरी आछुआछु बनाएकी छिन् । कौरव कति डराएका छन् दौपदी संग । उनले युधिष्ठरलार्इ जुवामा हारेको बेला सातो लिइन् । कुनै भाइले पनी उनको कुरा लाइ काट्न सकेनन् । माहाभारतमा उनको भुमीकालार्इ एक सशक्त र क्रातिकारी कदम मानीन्छ । उता सिता पनी कम शक्तिशाली हैनन् । एकान्त जंगलमा दुइ छोरा हुर्काउनु । शिक्षा दिक्षाको व्यवस्था गर्नु । रावणको आक्रमण बाट बच्नु कम चुनौतिपुर्ण थिएन । तरपनि उनमा साहसी नारी चरीत्र देखीयो । तर रामले सिता प्रति गरेको अविश्वासले खास पुरुष मानसीकताको प्रतिनिधित्व गरेकोछ ।

अहिले पनी हजारौ दौपदी र हजारौ सिताहरु समाजमा छन् । उनीहरु व्यक्तिसँग हैन, प्रवृतीसंग लडीरहेका छन् । कुनै एक पुरुषसंगको लडाइ हैन । यो पुरुषबादी सोचसंगको प्रतिश्प्रधा हो । समाज भित्र गहीरो जरा गाडेर बसेको पितृ सत्तात्मक सोचले महिला भनेको सम्पती हो भन्न सम्म भ्याइसकेको छ । जसको कुनै थर र ठेगाना छैन भन्ने सम्मका तर्कहरु हुन्छन् ।

योबेला मलाइ तसलिमा नसरीनको आइमाइको कुनै देश छैन भन्ने पुस्तकको याद आयो । जहाँ नसरीनले पुरुषको दिमागमा महिलाको गुप्तांग मात्र हुने कुरा लेखेकी छिन् । महिला भनेको पुरुषले प्रयोग गर्ने निजि सम्पती हो । जहाँ जतीबेला पनी प्रयोग हुन सक्छ । एउटा पुरुषले हजारौ महीलाको शरीर चाख्न मिल्ने जसलाइ पुरुषार्था मानीयो । तर एक महिलले आफ्नो आवश्यकता पुरा गर्न कसैको साथ लियो भने चरित्रहीनको दर्जा भिराइन्छ । नसरीन यतिमात्र भन्दिनन् । पुरुष आफ्नो लिङ्गको भरमा संसार चलाउन खोज्छन् । दिमाग महिलाको पनि हुन्छ भन्ने हेक्का सम्म छैन तिनिहरुलाइ ।

नसरीनले भनेको आइमाइ लाइ समाजसंग तुलना गरेर हेर्दा महिला माथीको शासन चलाउन जन्मिएको जाती लाइ पुरुष भनिन्छ । जो आफ्नो जैविक संरचनामा घमण्ड गरिरहेको हुन्छ । हरेक चिया पसल र सार्वजनीक स्थानमा धेरै पुरुषका गोप्य कुरा सुनिन्छ । जहाँ तसलीमा नसरीनले भनेको कुरामा सत्यता पाइन्छ ।

अझैपनि धेरै महीलासंग संबन्ध राख्नेलार्इ बलवान र साहसी मानिन्छ । तर एक केटी आफुले मनपराएको केटा संग प्रेम गर्न खोज्दा चरीत्र संग जोडीन्छ । यो चरीत्र पनि बिभेदकारी छ । पुरुषको चरीत्र चाँही के मा निर्भर गर्छ भन्ने कुरा महत्वपुर्ण भयो । नत्र किन महिलाको मात्र चरीत्रको तुलना गरीदैछ । पुरुषले गरेको समान कार्यलाइ शक्ति मान्ने अनी महिलाले गरे पातकी कसरी हुन्छ ?

पछील्लो समय बढ्दै गइरहेका प्रेम बिवाहको प्रकृती हेर्छु । मलाइ आश्चर्य लागेर आउछ । परीवारले मनपराएको संग प्रेम गुर्नपर्ने बाध्यता छ । आफुले छानेको पे्रमीसंग बिबाहनै गर्न नपाउने अवस्था जिउदैछ । छोरी भनेर जन्माएपछी उसलाइ खान लगाउन पढ्न मात्र दिनु लाइ सम्पुर्णता मानिन्छ । तर त्यो मात्र सबै कुरा हैन । उसले चाहेको बिषय पढ्न पायो पाएन ? लगायत जिवनका महत्वपुर्ण निर्णयहरु उसैको इच्छा अनुसार भयो की भएन ? भन्ने कुरा व्यक्तिगत जिवनसंग जोडीएका बिषय हुन् । जहाँ छोराको सम्पुर्ण रुपमा हक हुन्छ । तर छोरीको हक हराएको छ । जन्मेदेखीनै दाइ, बुबाको निगरानी । किशोर र युवावस्थामा प्रेमी पनी थपिन्छ । पछी श्रीमान् र छोरा समेत थपिएपछी एक खुल्ला जेलको जिबन जिउने हो भने नसरीनले भनेझै आइमाइको कुनै देशनै छैन ।

तर अबको युग भनेको महीलाको युग हो। सत्यको बिजय हुने पुरानो कथनलार्इ आधार मान्ने हो भने। महिलाले सत्य हुने आट गर्न सक्नुपर्छ। देउताले नसकेर महाकाली देवी पुकारेको इतिहार हाम्रो ग्रन्थमा पाइन्छ। त्यसैले पछील्ला दानवी प्रबृतीको अन्त्य पनी देवी अर्थात महीलाबाट नै हुने स्वभावीक छ ।

म जुन परिवार बाट हुर्कदै छु । त्यसमा त म खुसी छु । तर भोलीको मेरो परीवारको बिषयमा निर्णय गर्ने जिम्मा म संग हुनुपर्छ। म मेरो देश अर्थात स्वतन्त्रतासंग जिउन चाहान्छु । दौपदी र सिता मात्र हैन । नाजीया हसन, बिन्दा ठाकुर, शिवा हासमी पनि क्रान्तिकारी बन्दैछन् । जुन आवश्यक छ । निरन्तरता हैन क्रमभंगताको पहिलो चरणमा बिरोधी आवजहरु धेरै हुन्छन् । जुन सफल हुने प्रमुख सुत्र बन्नुपर्छ।

कसैले कसैलाइ नियन्त्रण गर्न खोज्नु जिवन बेअर्थी बनाउनु हो । त्यसैले जिवन अर्थपुर्ण बनाउन पनी नियन्त्रण तोडीनु पर्छ। प्रत्यक्ष अप्रत्यक्ष रुपमा सुभचिन्तक वा प्रेमी भएर महिला भएकै हिसाबमा सुझाव दिने र त्यसलाइ कुनै हालतमा पुरा गर्नुपर्ने भन्ने हठ पुरुषबाद संग गासीएको छ।

एक छोरी जन्मदा नाक खुम्च्याउनेहरु र छोराको भाकल गर्न देवीकै मन्दिर धाउनेहरुलाइ देवी पनि नारी हो भन्ने हेक्का हुन जरुरी छ । अब कुनै छोराले बाबु आमा पालेर बस्दैन । बरु अब छोरीको जमाना हो । छोरी भनेको सन्तान हो । सन्तान भबिश्य हो । भबिश्यको पनी देश हुन्छ भन्ने बुझ्न सक्नुपर्छ । म पनी भबिश्य हुँ । मेरोपनी देश हुनुपर्छ । दैपदी सिता र महाकालीको नयाँ अवतार अबको अवश्यकताहो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close