कलेजका प्राध्यापकहरु बीच हुने भनिएको फुटवल स्थगित

आईतबार १८भाद्र २०७४ इटहरी सुनसरी-
सुनसरीको इटहरीस्थित नव श्रृजना क्लवले नेपालमै पहिलो पटक शिक्षकगणलाई खेलाउने भनेको फुटबल प्रतियोगिता स्थगित भएको छ। क्लवले सारक्षता दिवसको अवसर पारेर प्रतियोगिता गर्ने भनेको थियोे।

क्लवले इटहरीमा रहेका क्याम्पसमा परिक्षा चलिरहेको अनि अध्यापकहरुले समय छोटो भएको भनेपछि खेल स्थगित गरेको आयोजकले जनाएको छ। क्लवले दशैपछि प्रतियोगिता सञ्चालन गर्ने बताएको छ। जनता मावी इटहरीको खेल मैदानमा इटहरीका सातवटा कलेजमा अध्यापन गर्नेहरुलाई प्रतिष्पर्धामा उतार्ने क्लवले बताएको थियो।

प्रतियोगितामा प्रथम हुने कलेजले १८केजीको खसी एवं कप मेडल र प्रमाण पत्र त्यस्तै द्वितिय हुने कलेजले १०हजार नगद एवं कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै प्रतियोगितामा हरेक खेलको म्यान अफ दि म्याचलाई मेडल र म्यान अफ द सिरिजलाई पुरस्कृत गरिने छ। यस्तै प्रतियोगितामा भाग लिन इच्छुक कलेजले भाद्र १६गते शुक्रबार अपरान्ह २बजे भित्रमा क्लवमा सम्पर्क राख्न अपिल गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close