कांग्रेस केन्द्रिय सदस्य घिमिरेद्वारा राहत बितरण

आईतबार १८भाद्र २०७४ इटहरी न्युजडेस्क-
नेपाली जनसम्पर्क मञ्च यूएईले बाढी पीडितलाई पठाएको राहत सामग्री बितरण गरिएको छ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले मोरङ्गको ग्रामथाम गाउँपालिका वडा नम्बर १ लखन्तरी र वडा ३ सिद्राहाका बाढीपिडितलाई राहत बितरण गर्नुभएको हो।

एक औपचारिक कार्यक्रमबीच शुक्रबार घिमिरेसहितका राजनीतिकर्मीले बाढीपिडितलाई राहत सामग्री बितरण गरेका हुन।

युएइ बस्ने नेपालीको सहयोगमा पठाइएको सामग्रीबाट सो ठाउँका पीडितलाई थोरै भएपनि राहत पुग्ने कांग्रेस केन्द्रीय सदस्य घिमिरेले बताउनुभयो। उहाँले बिपद्का बेला बाहिर रहेका दाजुभाई र आँफुहरु पनि पिडितहरुको साथमा रहेको भन्दै आश्वासन दिनुभयो।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य यदु बिष्टलगायत नेताको उपस्थिति थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close