ट्रकले स्कुटरलाई ठक्कर दिँदा पूर्णीमाको गयो ज्यान

आईतबार १८भाद्र २०७४ इटहरी न्युजडेस्क-
सुनसरीको धरानमा भएको दुर्घटनामा एकजना युवतीको ज्यान गएको छ। कोशी राजमार्ग अन्तरगत भानुचौक र भोटेपुलको बीच सडकमा ट्रकले ठक्कर दिँदा धरान ११की पूर्णीमा लिम्बुको ज्यान गएको हो।

धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ३१४९नम्बरको ट्रकले धरान जाँदै गरेको को २२ प २४७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा २९बर्षीया लिम्बुको घटनास्थलमा नै ज्यान गएको प्रत्यक्षदशीले बताएका छन।

ट्रक र चालकलाई नियन्त्रणमा लिइएकोे इलाका प्रहरी कार्यलय धरानले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close