तंग्रिन थाल्यो पूर्वी पहाडी क्षेत्रको पर्यटन ब्यबसाय

सोमबार १९ भाद्र २०७४ धरान धिरेन लिम्बु –
गतसाउन अन्तिम साता आएको बाढी तथा पहिरोले चौपट पारेको पूर्वी पहाडी क्षेत्रको पर्यटन ब्यवसाय तंग्रिन थालेको छ। तराईका जिल्लाहरुसँगै पूर्वका पर्यटकीय स्थलहरुमा समेत बाढीका कारण आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल घटेको थियो।

बाढीपहिरो अघि प्रत्येक दिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने गरेको भन्दै भेडेटार स्थित रेश्मा होटलका सञ्चालक राजु मगरले दैनिक ५ देखि ७ हजार सम्म नाफा हुने गरेर तर अचेल मुस्किलले २ हजार जति नाफा हुने बताउनुभयो।

इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी सहायक निरिक्षक तुलसी प्रसाद निरौलाले पहिला दैनिक २० देखि २५ वटासम्म भारतस्थित बिहारका गाडीहरु आउने गरेको भन्दै हिजो आज मुस्किलले ४ देखि ५वटासम्म मात्र बिहारका गाडीहरु आउने गरेको बताउनुभयो।

केहिदिन यता भने पर्यटकहरुको आवागमनमा बृद्वि हुन थालेको स्थानीय ब्यबसायीहरुले बताएका छन। यस्तै नयाँ पर्यटकीय गन्तब्यको रुपमा बिकास हँुदै गरेको धनकुटाको ओख्रे टावर तथा ओख्रे क्षेत्रमा पनि पर्यटकहरुको सँख्यामा कमि भएको गणतन्त्र एफ एम ओख्रे प्रशारण केन्द्रका मोहन कुमार लिम्बूले बताउनुभयो।

पर्यटकहरु आउँदा सो क्षेत्रमा उत्पादित सागसब्जि तथा फलफुल बिक्री हुने गरेको भन्दै स्थानीय ब्यापारी सुन्दर राना मगरले खुसी ब्यक्त गर्नुभयो। धनकुटाको ओख्रे टावरबाट कञ्चनजंगा, सगरमाथा, टेम्के डाँडा, मिक्लाजुङ्ग क्षेत्र तथा पूर्वका १४ वटा जिल्लाहरु देखिने स्थानीयले बताएका छन।

पूर्वको मुस्ताङ्गको नामले परिचीत यो क्षेत्र छिनछिनमा परिर्वतित मौषमका कारण पनि उत्तिकै लोभलाग्दो छ। यस्तै धनकुटाको अर्को गन्तब्य सिम्सुवास्थित सिम्सुवा झरना(नमस्ते)मा पनि पर्यटकहरु बढेको स्थानीयले बताएका छन। साँगुरीगढी गाउँपालिका वडा नम्बर ६सिम्सुवा भन्ने ठाउँमा पर्ने सो झरनामा बाढी पहिरो अघि १५सय भन्दा धेरै पर्यटक आउने गरेको भन्दै नमस्ते झरना ब्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष दिलिप लिम्बुले अहिले भने मुस्किलले दैनिक ४,५सय पर्यटक आउने गरेको बताउनुभयो।

उहाँले यो क्षेत्रमा बिशेषगरी भारतको बिहार, मोरङ्गको बिराटनगर, सुनसरीको इटहरी,धरानलगायतका क्षेत्रबाट पर्यटक आउने गरेको बताउनुभयो। उहाँले नमस्ते झरना दुर्लभ प्रकारको नर्थ फेस(उत्तर तर्फ झर्ने) भएको भन्दै यो भिन्न प्रकृतिको भएकोले यसमा मानिसहरुको आवागमन ज्यादा हुने बताउनु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close