मधेसको समस्या समाधान गर्न पार्टी प्रतिबद्ध : राणा

सोमबार १९ भाद्र २०७४ इटहरी न्युजडेस्क-

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले मधेसको समस्या समाधान गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ। जनकपुरमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले त्यसो भन्नुभएको हो।

उहाँले उत्पीडनमा परेका हरेक समूदायलाई अधिकार दिनुपर्ने आवश्यकता रहेकामा समेत जोड दिनुभयो। मधेसमा आफ्नो पार्टी प्रति उत्साह देखिएको दावी गर्दै राणाले राप्रपा र राप्रपा नेपाल बीच पार्टी एकीकरण भएपछि पार्टी कार्यकर्ताहरु निसासिएर बसेको बताउनुभयो।

उहाँले कमल थापाको अधिनायवादी चरित्रको कारण पार्टी बिभाजन भएको भन्दै नेपाली काग्रेससँग तेस्रो चरणको निर्वाचनमा तालमेलका लागि कुराकानी भईरहेको र प्रजातान्त्रिक शक्तिहरु बीचमा एकताको आवश्यकता रहेकोमा जोड दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close